Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

गाउँपालिका स्तरीय भलिबल प्रतियोगितामा नमूना गितावर युवा क्लब, पावस बिजयी 

Volley-Ball-1515243735.png


२२ पुस, हेटौँडा । मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा गाउँपालिका स्तरीय नकआउट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । बकैया गाउँपालिका वडा नम्बर ७ स्थित घमनटोल स्पोर्टस क्लबको आयोजनामा भएको गाउँपालिका स्तरिय नकआउट भलिवल प्रतियोगितामा नमूना गितावर युवा क्लब पावस बिजयी भएको छ । 
शनीबार भएको प्रतियोगिताको फाईनल खेलमा पावसले लालिगुँरास युवा क्लब गोठखोलालाई २५–१७, २५–२३ र २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिताको बिजेता तथा उपबिजेताले नगद दशहजार र पाँचहजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । 
पुष १९ गतेबाट सुरु भएको नक आउट भलिबल प्रतियोगितामा बकैया गाउँपालिका भित्रका ७ वटा टिम सहभागीता रहेको थियो । 
क्लबको अध्यक्ष तिमल्सिनाको अध्यक्षता तथा बकैया गाउँपालिका ७ नम्बर वडाका वडा अध्यक्ष रामकाजी लामिछानेको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा हात्तिचरण सामूदायिक बन उपभोक्ता समूहका अध्यक्ष पवन सिँह गुरुङ, राष्ट्रिय रेफ्रि दिपक कर्माचार्य लगाएतको उपस्थिति थियो ।
प्रतियोगिताको बिजयी टिम पावसले पेट सम्बन्धी रोगका बिरामी तथा खेलप्रेमी जयबहादुर माझीको उपचार खर्च स्वरुप उक्त पुरस्कार सहयोग गरेको क्लबका अध्यक्ष तिमल्सिनाले जानकारी दिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार