Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

साढे तीन महिनादेखि बन्द हेटौँडा सिमेन्टको उत्पादन सुचारु

df-1707180291.jpg

२३ मा, हेटौंडा । हेटौँडा ९ मा रहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बन्द भएको करिब साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको छ  । उद्योगले सोमबार बिहानबाट उत्पादन थालेको उद्योगका महाप्रवन्धक वसन्त पाण्डेले जानकारी दिए । 
कोइलाको अभावमा बन्द रहेको उद्योग साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको हो । महाप्रवन्धक पाण्डेले कोइला सप्लायर्सहरुलाई भुक्तानी दिएपछि कोइला आपूर्ति भएपछि उद्योग चल्न थालेको बताए । ‘कोइला सप्लायर्सहरुलाई भुक्तानी दिन नसकेपछि कोइला आपूर्ति बन्द भएर उद्योग नियमित सञ्चालन गर्न सकेको थिएनौं । कोइला सप्लायर्सहरुलाई भुक्तानि दिएपछि केहि समयलाई पुग्ने कोइला आपूर्ति भएको छ । अब तत्कालै उद्योग बन्द हुँदैन,’ महाप्रवन्धक पाण्डेले भने । ४
 वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग समय समयमा कोइला अभाव र उपकरण विग्रिएर बन्द हुने गरेको छ । ४० वर्ष पुराना मेशिनबाट अहिले पनि उत्पादन गर्नुपर्ने वाध्यताका कारण बेला बेलामा उद्योग बन्द हुने गरेको महाप्रवन्धक पाण्डेको दावी छ । उनले उद्योगका पुराना मेशिन मर्मत गरेर कहिलेसम्म चलाउने हो? भन्दै प्रश्न गरे । 
पुराना मेशिनका कारण कारण उत्पादन लागत महँगो पर्ने गरेको र उद्योगले निजी क्षेत्रका उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको उनले बताए । यस्तै कच्चा पदार्थको अभाव र ढुंगा पिस्ने मेशिन(क्लिङ्क) बिग्रिएर पनि बेला बेलामा सिमेन्ट उत्पादन रोकिने गरेको महाप्रवन्धक पाण्डेको भनाई छ ।
‘सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै पुरानो र जीर्ण भइसकेको छ । मेसिन पटक–पटक बिग्रिने र पूर्ण क्षमतामा उत्पादन गर्न नसक्ने अवस्था छौं । उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या हट्दैन र उद्योग नाफामा जान सक्दैन,’ महाप्रबन्धक पाण्डेले भने । 
दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योगबाट लामोसमय उत्पादन नहुँदा मौज्दात सिमेन्ट बिक्री गरेर त्यसबाट प्राप्त रकमले कोइला सप्लायर्सहरुलाई भुक्तानी दिएको उनले बताए । चालू आर्थिक वर्षमा उत्पान भएको २ लाख ४९ हजार ४५६ बोरा सिमेन्टमध्ये करिब १ लाख बोरा सिमेन्ट अझै मौज्दाद रहेको महाप्रवन्धक पाण्डेले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार