२६ पुस, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारीले विभिन्न पदमा विजयी भएका शेयर सदस्यलाई स्वागत एवम् सम्मान गरेको छ ।
बुधबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका सहकारीका संस्थापक शेयर सदस्य इन्द्रबहादुर बानियाँ, हेटौंडा क्याम्पसको उपाध्यक्ष पदमा चयन भएका सहकारीका बोर्ड सदस्य आनन्दराम पराजुलीसहित मउवा संघको अध्यक्ष पदमा विजयी भएका कृष्ण कटुवाल, एशोसियट तर्फको उपाध्यक्षमा विजयी भएका सहकारीका सचिव गणेश भेटवालसहितलाई सम्मान र स्वागत गरेको हो । यस्तै मउवा संघको विभिन्न पदमा विजयी सहकारीका शेयर सदस्यलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्यायलगायतले खादा, टीका र माला लगाएर स्वागत एवम् सम्मान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि बानियाँले विजयी सबैलाई बधाई दिँदै पार्टीले आफूलाई विपक्षी दलको नेता बनाउने विश्वास व्यक्त गरे । मुलुक अब नयाँ ढंगले अघि बढेको बताउँदै उनले अब स्थायी सरकार निर्माण हुने बताए । यस्तै सहकारीका अध्यक्ष डीनाले सहकारीमा आबद्ध रहेका शेयर सदस्यहरु विभिन्न व्यवसायिक संस्थासंगै राजनीतिमा समेत अब्बल रहेको दावी गरिन् । उनले सहकारीलाई कृषि, पर्यटनलगायतको क्षेत्रमा समेत विस्तार गर्न लागेको जानकारी दिइन् ।
डीनाले वृहत्तर रुपमा सहकारीलाई गाउँगाउँमा लैजाने बताउँदै उनले विभिन्न देशमा रहेका सहकारीसंग समेत समन्वयको लागि छलफल भैरहेको बताइन् । कार्यक्रममा हेटौंडा क्याम्पसका उपाध्यक्ष आनन्दराम पराजुली, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, सहकारीका उपाध्यक्ष डा. गणेश बल लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







