Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जिल्ला दुग्ध संघमा पुनः अधिकारी

Jilla-Sangh-1515683991.jpg

२७ पुस, हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघमा पुन ः बासुदेव अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएका छन । 

संघको विहिवार सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाले अध्यक्षमा अधिकारी र उपाध्यक्षमा धर्मराज लामिछानेलाई सर्वसम्मत चयन गरेको । त्यसैगरी, सदस्यमा कृष्णप्रसाद घिमिरे, हरि हुमागाई, होमनाथ पुडासैनी, हरिप्रसाद कँडेल, ईन्द्रबहादुर बस्नेत, सुदिप अर्याल, सावित्रि तिमल्सिना र योगमाया न्यौपाने पनि सर्वसम्मत चयन भएका छन् । भेलाले ईन्द्रप्रसाद खतिवडा संयोजक, राजेन्द्र ढुंगाना र रमेश वर्तौला सदस्य रहेको लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मत चयन भएका छन् । 

यसअघि साधारण सभाको उदघाटन सत्रमा संघका अध्यक्ष अधिकारीले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक तोयानाथ दाहालले लेखा समितिको प्रतिवेदन र व्यवस्थापक कुमारमणी दहालले चालु आव ०७४/०७५ को लागि ४६ करोड ८५ लाखको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । संघले अघिल्लो आवमा ४३ करोड १६ लाखको कारोवार गरेको थियो । 

प्रदेशसभा सदस्य डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाई, राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य बद्रीप्रसाद लम्साल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेल, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिङतान, हेटौडा दुग्ध वितरण आयोजनाका आयोजना प्रमुख गणेशकुमार यादव, कृषि विकास बैक हेटोडा शाखाका अच्युत ढुङगाना लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 

संघमा जिल्लाका ४९ सहकारी संस्था आवद्ध छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार