Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडामा सहकारी लेखापालन तालिम

FB_IMG_1712189570591-1712189582.jpg

२२ चैत्र, हेटौडा । हेटौंडामा ६ दिने सहकारी लेखापालको तालिम सुरु भएको छ।मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा मंगलबारबाट हेटौडामा ६ दिने सहकारी लेखापालन तालिम शुरु भएको हो ।

तालिमको बागमती प्रदेश सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्टार रोहित पोखरेलले उदघाटन गर्नु भएको हो । सहकारीमा काम गर्ने कर्मचारीको जिम्मेवारी धेरै हुने हुँदा यस्ता तालिमले क्षमता विकासमा मद्धत गर्न सहयोग पुगोस भन्दै तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ। 

 तालिममा सहकारीका सिद्धान्त,सहकारी ऐन, नियम, आयब्यय विवरण लगायतका विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण गराईने संघ सचिव प्रतिमा श्रेष्ठले बताइन ।सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा हेटौडा–४ का अध्यक्ष नविन सिग्देल, हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैकका प्रमुख रामेश्वर अर्याल, टोल विकास संंस्था नगर समन्वय समिति अध्यक्ष धु्रव अधिकारी, मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दाहाल लगायतो आतिथ्यता रहेको थियो । तालिममा रामेश्वर अर्याल, गोविन्द दाहाल, सीतारमा दाहाल, नवराज खनाल लगायतकाले सहजीकरण गर्ने कार्यक्रम छ ।

तालिममा बहुउद्धेश्यीय, कृषि र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, ब्यवस्थापक, लेखा संयोजक गरि २० जनाको सहभागिता रहेको ब्यवस्थापक महेश अधिकारीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार