Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

व्यवसायिक हितमा बस्तुगतसंग छलफल

MCCI-1516107651.jpg

२ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले व्यावसायिक हित तथा सदस्यहरको सुविधाका लागि आफ्नो वस्तुगत संघसंग आज छलफल गरेको छ ।

संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा तयारी पोशाक व्यवसायी संघ र औषधि व्यवसायी संघसंग बेग्लाबेग्लै प्रारम्भिक छलफल गरेको हो । छलफलको क्रममा संघको आह्वानमा गरिदै आएको शनिबार बन्दलाई नियमन गर्न सबै वस्तुगत संघले संयुक्त रुपमा पहल गर्ने निर्णय गरेको छ ।

छलफलमा संघका अध्यक्ष कटुवालले सर्वसाधारण पैदल यात्रीको हितका लागि फागुणबाट फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्ने जानकारी दिएका छन् । छलफलमा तैयारी पोशाक व्यवसायी संघका अध्यक्ष समीर डंगोल लगायतले व्यवसायिक हितमा काम गर्न संघलाई सुझाव दिएका थिए ।

यसैगरी, औषधि व्यवसायीसंग भएको छलफलमा संघका सदस्यहरुलाई अत्यावश्यक औषधिमा छुट गरिदिन आग्रह गरिएको थियो । संघको प्रस्तावलाई सकारात्मक रुपमा लिदै औषधि व्यवसायी संघका अध्यक्ष सुधीर दाहालले एकसाता भित्र आफ्नो कार्यसमितिको बैठकमार्फत निर्णय गरी छुटको प्रतिशत तय गरिने जानकारी दिएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष गणेश प्रसाद भेटुवाल, रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष अर्याल, काव्यमणि अधिकारी, महिला समिति सभापति निलम बैद्य लगायत बस्तुगत संघका प्र्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार