Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन

FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६ मा रहेको शिवम सिमेन्ट उद्योगको अनुगमन गर्न समिति गठन गरिएको छ। 

सिमेन्ट उद्योगको लापरबाहीका कारण हेटौंडा–१६ शिवम् सिमेन्ट क्षेत्रका स्थानीयले बिहीबार बिरोध गरेका थिए । उद्योगले सिमेन्ट उत्पादनको क्रममा प्लाष्टिक जन्य पदार्थहरु संकलन गरी जलाएको र लामो समयदेखि धुलोका कारण स्थानीय पिडामा परेको भन्दै आन्दोलनमा रहेका स्थानीयको समस्या समाधानका लागि हेटौंडा-१६ का अध्यक्ष रामकृष्ण कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकामा भएको सर्वपक्षीय बैठकले आउँदो सात दिन भित्र जनताको गुनासाको सम्बोधन हुने गरी काम गर्न उद्योगलाई निर्देशन दिँदै आवश्यक अनुगमनका लागि समिति गठन गरिएको हो । नियमित अनुमन गर्ने समितिको सहसंयोजकमा हेटौंडा वडा नम्बर १७ का अध्यक्ष उद्धब सत्याल र हेटौंडा उपमहानगरपालिकाका वातावरण इन्जिनियर चन्दा खड्का सदस्य सचिब रहेको १८ सदस्य समिति गठन गरिएको हो ।

समितिले उद्योगले सिमेन्ट उत्पादनका लागि पेल्ने ढुङ्गाबाट निस्कने धुलो, सञ्चालनका क्रममा आउने ध्वनी नियन्त्रण गर्नुपर्ने र उद्योग परिसरमा बिभिन्न स्थानबाट संकलित प्लाष्टिक जलाए/नजलाएको निरीक्षण गर्दै सुधारको काममा दवाब दिनका लागि समिति गठन गरिएको हो । बैठकका क्रममा स्थानियले बिगत १९ बर्षदेखि उद्योगले फैलाएको प्रदुषणका कारण स्थानीयमा स्वासप्रस्वासको समस्या देखिएको बताएका थिए । उद्योगलाई जिम्मेवार बनाउने काममा स्थानीयको भूमिका महत्वपुर्ण हुने भन्दै हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले समस्या समाधानका लागि जिम्मेवार बन्न उद्योग सञ्चालकलाई आग्रह गरिन् । यता बैठकमा उपप्रमुख राजेश बानियाँले स्थानियलाई खुशी बनाएर काम गर्दा मात्र उद्योगको समस्या हट्दै जाने बताए ।

नगर प्रमुख लामाको अध्यक्षतामा भएको बैठकमा स्थानीय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिसहित मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजाल, शसस्त्र प्रहरी बल १४ गणका  मकवानपुरका प्रमुख  ज्ञानप्रसाद भुर्तेल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, उद्योग संघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, उद्योग संघका अध्यक्ष बद्रिप्रसाद शर्मा, शिवम् सिमेन्ट प्रभावित क्षेत्रका स्थानीय टोलबिकास संस्थाका प्रतिनिधी र स्थानियको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार