१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६ मा रहेको शिवम सिमेन्ट उद्योगको अनुगमन गर्न समिति गठन गरिएको छ।
सिमेन्ट उद्योगको लापरबाहीका कारण हेटौंडा–१६ शिवम् सिमेन्ट क्षेत्रका स्थानीयले बिहीबार बिरोध गरेका थिए । उद्योगले सिमेन्ट उत्पादनको क्रममा प्लाष्टिक जन्य पदार्थहरु संकलन गरी जलाएको र लामो समयदेखि धुलोका कारण स्थानीय पिडामा परेको भन्दै आन्दोलनमा रहेका स्थानीयको समस्या समाधानका लागि हेटौंडा-१६ का अध्यक्ष रामकृष्ण कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकामा भएको सर्वपक्षीय बैठकले आउँदो सात दिन भित्र जनताको गुनासाको सम्बोधन हुने गरी काम गर्न उद्योगलाई निर्देशन दिँदै आवश्यक अनुगमनका लागि समिति गठन गरिएको हो । नियमित अनुमन गर्ने समितिको सहसंयोजकमा हेटौंडा वडा नम्बर १७ का अध्यक्ष उद्धब सत्याल र हेटौंडा उपमहानगरपालिकाका वातावरण इन्जिनियर चन्दा खड्का सदस्य सचिब रहेको १८ सदस्य समिति गठन गरिएको हो ।
समितिले उद्योगले सिमेन्ट उत्पादनका लागि पेल्ने ढुङ्गाबाट निस्कने धुलो, सञ्चालनका क्रममा आउने ध्वनी नियन्त्रण गर्नुपर्ने र उद्योग परिसरमा बिभिन्न स्थानबाट संकलित प्लाष्टिक जलाए/नजलाएको निरीक्षण गर्दै सुधारको काममा दवाब दिनका लागि समिति गठन गरिएको हो । बैठकका क्रममा स्थानियले बिगत १९ बर्षदेखि उद्योगले फैलाएको प्रदुषणका कारण स्थानीयमा स्वासप्रस्वासको समस्या देखिएको बताएका थिए । उद्योगलाई जिम्मेवार बनाउने काममा स्थानीयको भूमिका महत्वपुर्ण हुने भन्दै हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले समस्या समाधानका लागि जिम्मेवार बन्न उद्योग सञ्चालकलाई आग्रह गरिन् । यता बैठकमा उपप्रमुख राजेश बानियाँले स्थानियलाई खुशी बनाएर काम गर्दा मात्र उद्योगको समस्या हट्दै जाने बताए ।
नगर प्रमुख लामाको अध्यक्षतामा भएको बैठकमा स्थानीय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिसहित मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजाल, शसस्त्र प्रहरी बल १४ गणका मकवानपुरका प्रमुख ज्ञानप्रसाद भुर्तेल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, उद्योग संघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, उद्योग संघका अध्यक्ष बद्रिप्रसाद शर्मा, शिवम् सिमेन्ट प्रभावित क्षेत्रका स्थानीय टोलबिकास संस्थाका प्रतिनिधी र स्थानियको सहभागिता रहेको थियो।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




