२० जेठ, हेटौंडा । मकवानपुरगढी गाउँपालिका ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको मनकामना दुग्ध प्रशोधन तथा उत्पादन उद्योगको उद्घाटन गरिएको छ । नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्यालले शनिबार एक कार्यक्रमकाबीच उद्योगको उत्पादन गरेका हुन् ।
मनकामना सहकारीले किसानको हितको लागि गरेकोमा उनले खुसी व्यक्त गरे । दूधको गुणस्तर कायम गरी दूधलाई विविधकरण गरेर सहकारीको मर्म अनुसार काम गर्न उनले अनुरोध गरे । संस्थालाई आगामी दिनमा अझ परिस्कृत ढंगबाट सञ्चालन गर्न आफूले सहयोग गर्ने मुख्य सचिव अर्यालको प्रतिबद्धता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्य सचिव गोविन्द कार्की, बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराई, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दार्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन, वडा नम्बर १ का अध्यक्ष आईतसिंह लो, २ का अध्यक्ष बखानसिंह पाख्रिन, ३ का भागवत घिमिरे, ४ का अर्जुनप्रसाद तिमल्सिना, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेसहित विभिन्न सहकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो ।
संस्थाले दूध, दही, घिउ, पनिर, मोही, बटर लगायतका दुग्धजन्य पदार्थ उत्पादन गरी विक्री वितरण गर्दै आएको छ । कार्यक्रममा संस्थाको हरेक कार्यमा सहयोग गरेकाले रानी सामुदायिक वन उपभोक्ता समूह र मकवानपुरगढी बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थापक सञ्चालक समिति, पूर्व कर्मचारी, दूध ढुवानी र प्राविधिकलाई समेत सम्मान गरिएको थियो । यो संस्थाले दैनिक सरदर ५ हजार लिटर दूध संकलन गर्ने गरेको छ भने वार्षिक २० करोड भन्दा बढीको कारोवार गर्ने गरेको बताइएको छ ।
संस्थाले पशु आहार तथा दैनिक उपभोग्य वस्तु खरिद विक्री समेत गर्दै आएको संस्थाका व्यवस्थापक शशी लम्सालले जानकारी दिइन् । उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा भएको हो ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















