Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मउवा संघले बुझायो स्थानीय तहमा कृषिका सुझाव

Capture-1718238578.JPG

३१ जेठ, हेटौंडा । जिल्लाका उद्योगी व्यवसायीहरुको साझा संस्था मकवानपुर उद्योग वाणिज्य संघले जिल्लाका सबै स्थानीय तहमा कृषि सम्बन्धी सुझावसहितको अवधारणापत्र बुझाएको छ । 
भीमफेदी बाहेक मकवानपुर जिल्लाका सबै पालिकाहरुमा फरक फरक मितिमा पालिकाको कार्यालयमै पुगेर सुझाव पेश गरेको हो । भीमफेदी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलाई भने हेटौंडामै आएको बखत प्रस्तुतीकरणसहित अवधारणापत्र बुझाइएको हो । 
पहिलो चरणमा कैलाश, राक्सिराङ र मनहरी, दोस्रो चरणमा बकैया र बागमती, तेस्रो चरणमा मकवानपुरगढी, चौथो चरणमा थाहा र इन्द्रसरोवर, पाँचौं चरणमा भीमफेदी र छैठौं चरणमा हेटौंडा उपमहानगरपालिकालाई सुझाव पेश गरेको हो । 
मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत रहेको कृषि प्रवद्र्धन समितिले तयार गरेको अवधारणापत्रले पालिकाको कृषि सम्बन्धी नीति निर्माणमा मद्दत पुग्ने विश्वास लिइएको छ । यसबाट स्थानीय कृषकहरु लाभान्वित हुने अपेक्षा समेत गरिएको छ । 
हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले नगर कार्यपालिकाको कार्यालयमा बुधबार कृषि सम्बन्धी सुझावसहितको अवधारणा पत्र ग्रहण गरेकी हुन् । मउवा संघका सहकोषाध्यक्ष तथा कृषि प्रवद्र्धन समितिका संयोजक निलम पाण्डेले कृषि सम्बन्धी अवधारणापत्र बुझाएकी हुन् । 
कार्यक्रममा संघका कार्यसमिति सदस्य दिवस पराजुली, सितादेवी भेटवाल र कृषि प्रवद्र्धन समितिका सदस्य ठूलीमाया मोक्तान लगायतको उपस्थिति थियो । संघको टोलीले पालिकामा पुगेर कृषिको अवस्था बुझ्दै आवश्यक सुझाव समेत दिँदै आएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार