Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

राजनीति र पेट्रोलियम व्यवसायसंगै कृषि कर्ममा जोडिदै इटेनी

Screenshot_20240818_20300-1724055316.jpg

३ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडामा व्यवसाय गर्दै राजनैतिक क्षेत्रमा सक्रिय नेता उत्सव इटेनीको दिनचर्या यति बेला घाँस, पराल र चोक्करसंग जोडिएको छ । राजनैतिक भाषणमा युवाले कृषि क्रान्ति गरि देशमै सुन फलाउनुपर्छ भनेर मन्तव्य दिने गरेका इटेनी आफ्नो भाषणलाई व्यवहारमा उतार्दै यतिबेला आफ्नो समय कृषि फार्ममा लगाइरहेका छन् ।
नेपाली कांग्रेस हेटौंडा नगर सभापति समेत रहेका इटेनीले हेटौंडा-१२ आल्दमारमा आफ्नो भाईको नाममा इटेनी एग्रो फार्म प्रालि स्थापना गरेका छन् । २ करोड लगानीमा स्थापना भएको फार्ममा २८ वटा लैनो भैसी, ३ वटा गाई, एउटा राँगो र पाडापाडी गरेर ५५ पशुचौपाया छन् ।
उनले दैनिक ३०० लिटर दुध १ सय १०  रुपैयाँको दरले बिक्री गरी मासिक करिब १० लाख रुपैंयाँको कारोबार गर्छन् । ‘५/७ वटा भैंसीबाट शुरु गरेको व्यवसाय अहिले २८ वटा दुहुनो भैंसी, राँगा, पाडापाडि गरेर ५०/६० सम्म पुगेको छ, ५ जनाले रोजगार पाएका छन्, उपभोक्ताले शुद्ध दुध पाएका छन्, हामीले खेतका लागि मल पाएका छौं ’-इटेनीले भने ।
बजारका लागि कुनै समस्या नरहेको बताउने उनले यहाँ उत्पादित भैंसीको दुध फार्ममै लिन पनि आउने गरेका छन् भने स्थानीय सहकारीले खरिद गर्ने गरेको बताए । पशुचौपायाको हेरचाह तथा घाँस कुडो पानीको व्यवस्थापनमा खटिने ५ जना कामदारको पारिश्रमिक र अन्य खर्चसहित मासिक खर्च करिब ५ लाख रूपैयाँ छ । भैंसीलाई आवश्यक पर्ने पराल, चोकर मधेश र साइलेज चितवनबाट ल्याउने गरेको बताए ।
पेट्रोलियम व्यवसायमा लामो समयदेखि सक्रिय इटेनी देशलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउनका लागि सरकारले विदेशिने युवाहरुलाई रोक्न र पशुपालनमा सक्रिय बनाउन स्पष्ट नीति ल्याउनुपर्ने बताए । अहिलेको नीति कृषकमैत्री नरहेको आफुले यो काम थालेपछि बुझेको बताउँदै अब आफुले भेट्ने मन्त्री र सांसदहरूलाई यसबारे अवगत गराउने उनको भनाई छ ।
उनले मेहनतका साथ काम गरेमा सफलता हासिल हुने विश्वास साथ फर्म स्थापना गरेका छन् । आफुलाई चिन्नेहरूले उत्सव धेरै दिन एग्रो फार्ममा टिक्दैन भन्ने गरेको भन्दै उनले आफुले दिर्घकालिन उद्धेश्यसहित फर्मको भौतिक संरचनासहित अन्य व्यवस्थापन गरेको बताए । आफ्नो पुर्ख्यौली जग्गा खेर गइरहेकोमा यसलाई सदुपयोग गरेकोमा घर परिवार र आफन्तबाट सकारात्मक प्रतिक्रिया पाएका उनले बाँझो खेतमा फार्मका लागि आवश्यक घाँस र अन्य बाली लगाउने सोच बनाएका छन् । 
राजनीति कार्यकर्ता भाषणमा मात्रै नभई आर्थिक पक्षमा पनि सबल रहनुपर्ने बताउँदै उनले अनैतिक कामबाट आर्जन गर्नु भन्दा यस्तै व्यवसायबाट आफुलाई आर्थिक उपार्जनको क्रियाकलापमा जोड्नुपर्ने उनको भनाई छ । आफ्नो राजनीतिक यात्रा र अन्य व्यवसायसंगै कृषि कर्मलाई पनि संगसंगै लैजाने इटेनीको लक्ष्य छ ।

राजनीति र पेट्रोलियम व्यवसायसंगै कृषि कर्ममा जोडिदै इटेनी (भिडियो)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार