४ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा ५ राजनीतिक दलले लगाएको ताला खुलेको छ । ५ राजनीतिक दल र पालिकाबीच भएको १० बुँदे सहमतिपछि पालिकामा लगाएको ताला खुलेको हो ।
मंगलबार भएको छलफलपछि पालिकामा आइतबारदेखि लागेको ताला खोल्ने सहमति भएको छ । छलफलमा शिक्षा, स्वास्थ्यसम्बन्धी हरेक निर्णय गर्दा शिक्षा समिति, सामाजिक विकास समितिबाट निर्णय गरेको कुरालाई कार्यपालिकाबाट कार्यान्वयन गराउने, शिक्षा प्रमुखबाट कारवाही स्वरूप प्रअको लिइएको राजिनामा फिर्ता हुने र शिक्षा प्रमुखसंग स्पष्ट लिने, सवारी साधन र इन्धनको आवश्यकता अनुसार मात्र प्रयोग गर्न गराउने, बिमा र निः शुल्क प्राप्त हुने औषधी सम्पूर्ण स्वास्थ्य संस्थाको हकमा यथाशीघ्र व्यवस्था मिलाउने, स्वास्थ्यमा देखिएको कर्मचारीको समस्या कार्यपालिकाबाट निर्णय गराई कार्यन्वयन गराउने सहमति भएको छ ।
त्यस्तै, वन तथा वातावरण समितिलाई क्रियाशील गराउने, कर्मचारी नियुक्ति गर्दा नियम अनुसार संस्थागत गर्ने, राजस्वलाई गापाभित्र पर्ने फास्ट ट्रयाक र गिटी बालुवाको कडाइका साथ अनुगमन गर्ने, गापाबाट भएको निर्णयप्रति आएको जनगुनासोलाई सम्बन्धित पक्षसंग छलफल गरी समाधान गर्दै जाने सहमति भएको छ ।
छलफलमा गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, राजनीतिक दलको तर्फबाट नेकपा एमालेका नारायणप्रसाद तिमल्सिना र गोपाल दाहाल, नेकपा माओवादी केन्द्रका जीवन गोले र बिमल नेपाल, रास्वपाबाट अमर दंगाल र छोटेलाल जिम्बा, एकिकृत समाजवादीबाट प्रकाश बस्नेत र नेकपा (बहुमत) प्रल्हाद गौतम लगायतको सहभागिता थियो ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















