२३ माघ, बारा । माघ २५ बाट बाराको सिमरा रङ्गशालामा शुरु हुने रुस्लान नवौं सिमरा गोल्डकपको सबै तयारी पुरा भएको छ ।
प्रतियोगिता आयोजक नवजनजागृती यूवा क्लबले मंगलवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराएको हो ।
आयोजक क्लबका अध्यक्ष कासिम मियाँले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी दिए । प्रतियोगिताको दुई संस्करणको विजेता मनाङ मस्र्याङदी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागि हुन नसक्ने बताएपछि आयोजक क्लबको निलो र सेतो गरि २ टिम प्रतियोगितामा सहभागि हुने मियाँले बताए । ‘आफ्ना अधिकाँश खेलाडी घाईते भएकाले प्रतियोगितामा भाग लिन नसक्ने पत्र मनाङले सोमबार मात्रै पठाएको छ’ मियाँले भने ।
प्रतियोगितामा साविक विजेता सिएमजि क्लब संकटा, रुस्लान थ्रिस्टार क्लब, त्रिभूवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, मोरङ फुटबल क्लब विराटनगर, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज, सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढी, विजय युथ क्लब धनगढी सहित आयोजक नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि., ‘सेतो’ र एन.जे.जे.वाई.सि. ‘निलो’ गरि १० टिमको सहभागिता रहने छ ।
आगामी फागुन ५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख एकाउन्न हजार र उपविजेताले दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
विजय डिष्टिलरी नवलपरासीको मूख्य प्रायोजनमा हुने प्रतियोगितामा आइ.एम.ई. जेनरल इन्स्योरेन्स लिमिटेड संगको सहकार्यमा खेलाडी, दर्शक तथा आयोजक समेतको दुर्घटना विमाको व्यवस्था समेत गरिएको आयोजक क्लबका महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।
माघ २५ गते हुने भव्य समारोहका विच चर्चित कलाकार तथा समाजसेवी जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले प्रतियोगिताको उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक क्लबका अध्यक्ष मियाँले जानकारी दिए । प्रतियोगिताको उदघाटन खेलमा हेटौंडाको विजय युथ क्लब र आयोजक नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि.‘सेतो’ टिम विच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न कुल ७५ लाख ९८ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
प्रतियोगिताका प्रेस संयोजक सुनील गाउँलेको सहजीकरणमा सम्पन्न पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष मियाँ, महासचिब ठकुरी, उपाध्यक्ष शंकर थापा, इन्द्र दुलाल, सचिब श्याम सुवेदी, पूर्व अध्यक्ष राजकुमार भट्टराई, सदस्य राजदास श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















