Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सिमरा गोल्डकपमा आयोजकको विजयी शुरुवात

Football-1518105407.jpg

२५ माघ, सिमरा । बाराको सिमरा रङ्गशालामा विहिबारबाट शुरु भएको रुस्लान नवौं सिमरा गोल्डकपमा आयोजक क्लबको एनजेजेवाईसी ‘सेतो’ ले विजयी शुरुवात गरेको छ । हेटौंडाको विजय युथ क्लबलाई ४–१ गोल अन्तरले पाखा लगाउँदै एनजेजेवाइसीले अन्तिम ८ मा आफूलाई सुरक्षित बनायो ।
आयोजकको जितमा विशन गुरुङ्ग, त्रिदेव गुरुङ्ग, धिरज श्रेष्ठ र अफ्रिकी खेलाडी भिक्टर आमोहिले समान एकएक गोल गरे । हटौंडाका लागि एकमात्र सान्त्वना गोल अमिर श्रेष्ठले गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्तिम मिनटमा विशन गुरुङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
८० मिनटमा छोट्याईएको खेलको दोश्रो हाफको शूरुवातमै हेटौंडाका लागि ४४ औं मिनटमा अमिर श्रेष्ठले बराबरी गोल गरे । सिमराका शौरभ मगरले गोल रक्षक विशाल श्रेष्ठलाई दिएको पास अमिरले गोलमा परिणत गरे । शौरभको फितलो प्रहारको फाईदा उठाउँदै अमिरले बराबरी गोल गरका हुन् ।
आयोजकको घरेलु मैदानमा बराबरी पछि उत्साहित हेटौंडाका समर्थकहरुलाई निराश बनाउँदै धिरज श्रेष्ठले टिमका लागि दोश्रो गोल गरे । ५२ औं मिनटमा श्रेष्ठले गरेको गोल पछि हेटौंडा दवावमा देखियो । थुप्रै अवसर गुमाएको हेटौंडालाई निराश बनाउँदै खेलको समाप्तीतिर सिमराले लगातार दुई गोल थप्यो । खेलको ८० औं मिनटमा अफ्रिकी खेलाडी भिक्टरले सिमरालाई ३–१ को फराकीलो अग्रता दिलाए । अन्तिम समयमा अग्रता बढेपछि थप दवावमा परेको हेटौंडामाथी आक्रामक रुपमा प्रस्तुत भएको सिमराले अतिरिक्त समयमा अर्को गोल ग¥यो । सिमराका त्रिदेव गुरुङ्गले अतिरिक्त समयको पहिलो मिनटमा चौथो गोल गर्दै टिमलाई ४–१ को फराकिलो अग्रता दिलाउन सफल भए ।
खेलको म्यान अफ दि म्याच सिमराका त्रिदेव गुरुङ्ग बने । गूरुङ्गले पाँचहजार नगद सहित ट्रफि हात पारे । शुक्रबारको खेल आयोजक नवजनजागृती यूवा क्लबको एनजेजेवाईसि ‘निलो’ र नेपाल एपिएफ क्लबको विचमा हुनेछ । मनाङमस्र्याङदी क्लबले अन्तिम समयमा आएर खेलमा सहभागि नहुने निर्णय गरेपछि आयोजकका दुईवटा टिम प्रतियोगितामा सहभागि भएका हुन् ।
यसअघि सिमरा रङ्गशालामा आयोजित भव्य समारोहका विच चर्चित हास्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरेले प्रतियोगिताको उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा उपस्थित अतिथिहरुलाई सिमराका विभिन्न नीजि विद्यालयबाट आएका विद्यार्थीहरुले बाजागाजा सहित स्वागत गरेका थिए ।
आयोजक क्लबका अध्यक्ष कासिम मियाँको अध्यक्षता तथा प्रतियोगिताका प्रेस संयोजक सुनील गाउँलेको सहजीकरणमा सम्पन्न कार्यक्रममा पूर्व यूवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेल, प्रदेश सभा सदस्यहरु सुन्दर विश्वकर्मा, ज्वाला साह, सिता गुरुङ्ग, शोभा लामा लगायत बारा पर्साका विभिन्न संघ संस्थाका प्रमूख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार