२७ माघ, हेटौँडा । हेटौंडा-१७ हटियामा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा उद्धव सत्याल विजयी भएका छन् । अध्यक्षका प्रत्याशी जगन्नाथ रिमाललाई हराउँदै सत्याल विजयी भएका हुन् ।
रिमालले ९९ मत प्राप्त गर्दा सत्यालले १ सय ९० मत प्राप्त गरेका थिए । त्यसैगरि सहकारीको उपाध्यक्षमा हेमप्रसाद न्यौपाने विजयी भएका छन् । उपाध्यक्षमा निर्मला पौडेल र कुबेरप्रसाद खतिवडालाई हराउँदै न्यौपाने विजयी भएका हुन् । पौडेलले ९५ र खतिवडाले ५४ मत प्राप्त गर्दा न्यौपानेले १ सय २४ मत प्राप्त गरि विजयी भएको निर्वाचन समितिका संयोजक शरदकुमार रिजालले जानकारी दिए ।
संस्थाको सदस्यहरुमा सुनिल राउत, कुबेरनाथ गौतम, प्रकाश पौडेल, सुन्दर न्यौपाने, विष्णुप्रसाद सुवेदी चयन भएको सहकारी संस्थाका व्यवस्थापक देवराज अधिकारीले जानकारी दिए । ३ वर्षे कार्यकालको लागि भएको निर्वाचनमा महिला सदस्यमा दुर्गा महत र तारा घिमिरे नेपाल निर्वाचित भएका छन् । त्यसैगरि लेखा समिति संयोजकमा चुडामणी रुपाखेती र सदस्यहरुमा श्यामप्रसाद हुमागाई, गीता रेग्मी अधिकारी निर्वाचित भएका छन् ।
अध्यक्ष निर्वाचित भएपश्चात सत्यालले सहकारी संस्थाको बृद्धि विकासमा आफ्नो कार्यकालमा कुनै पनि कसर बाँकी नराख्ने बताए । ३ सय ११ जना शेयर सदस्य रहेको सहकारी संस्थाको ३ सय मत खसेको थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















