Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विचार

गणेशमान सिंहः एक शब्दचित्र

Screenshot_20241107_12033-1731128347.jpg

लेखक कृष्णप्रसाद भण्डारी

♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता

प्रारम्भिक जीवन 
गणेशमान सिंहको जन्म पिता ज्ञानमान सिंह र माता सानुनानी श्रेष्ठ सिंहको पुत्रको रुपमा बिक्रम सम्बत १९७२ कार्तिक २४ तदनुसार नोभेम्बर ९,१९१५मा यटखाँ काठमाण्डौमा भएको थियो ।  बाल्यकालमा उनी उदण्ड, निडर, स्वाभीमानी एवं बिद्रोही स्वभाव थिए । उनको जीवन जति संधर्षमय थियो, त्यतिनै रोचक र रोमाञ्चक पनि छ । काठमाडौको रैथाने कुलीन परिवार दरवारको काजी खलकमा जन्मिएका र लाडप्यारमा हुर्किएका थिए नेपाली कांग्रेसका संथापक लौहपुरुष ।  उनका बा तथा हजुर बा समेतको निधन चाँडै भएको थियो । गणेशमान सिंहले आइ.ए.सम्म अध्ययन गरेका थिए ।गणेशमान सिंहकी जीवन संगिनी मंगलादेवी सिंह हुन । उनीहरुका दुई छोरा र तीन वटी छोरी गरी पाँच सन्तानको जायजन्म भएको थियो । 
गणेशमानले सत्र बर्षको उमेरमै मुलुकी अड्डामा बहिदारको जागीर समेत खाएका थिए । त्यसैगरी काठमाडौ जेलबाट भागेपछि कलकत्तामा पाइलट वन्ने ईच्छाबाट निर्देशित भई एयर फोर्समा भर्ना हुन लाहौर पनि पुगेकामा उचाई नपुगे पछि भर्ना हुन पाएनन् । उनले पछि सिक्कीममा कृष्णबहादुर प्रधानको छद्य नाममा टाइपिष्टको नोकरी पनि गरेका थिए ।

गणेशमान संहको राजनीतिक जीवन 
गणेशमान सिंहमा राणा शासन प्रति घृणा  थियो । उनी भारतका महात्मा गान्धीका बिचार र भारतीय स्वतन्त्रता संग्राम तथा नेपालका शुक्रराज शास्त्रीको सामाजिक आन्दोलनबाट  अत्यन्त प्रभावित थिए । उनी कलकत्तामा अध्ययनरत रहँदा देखिनै उनमा राजनीतिक चेतनाको बिस्तार भएको थियो । गणेशमान सिंह वि.सं. १९९७ (सन् १९४०) मा नेपालमा गठित पहिलो राजनीतिक संगठन नेपाल प्रजापरिषदको संस्थापक सदस्य बनेका थिए । वि.सं. १९९७ कार्तिक २ (१९३० अक्टोबर १८) मा पर्चा वितरण गरेको पर्चा अभियोगमा गिरफ्तार भई राजकाज मुद्दामा फाँसीको सजाय भै सकेका उनलाई सर्वश्वहरण सहित आजीवन कारावासमा परिणत गरिएपछि भद्रगोल जेल चलान गरिएको थियो । कारागारमा बसेर केही नहुने महसुस गरी गणेशमान सिंह बि.सं.२००१ आषाढ ७ ( तदनुसार सन् १९४४ जुन २०) मा जेलबाट फरारभै बुटवल हुँदै कलकत्ता पुगे ।  भारत पुगेपछि इ.सं १९४६ अक्टोबर ४को नेपाल अव्हान पछि गणेशमान सिंहको वी.पी.संग कलकत्तामा पहिलो भेट भएको थियो । त्यसै गरी कृष्णप्रसाद भट्टराई संग वनारसमा भेट भएको थियो । त्यसपछि एक कार्यक्रममा राणा शासन विरुद्धमा गणेशमान सिंहले भाषण समेत गरेका थिए । गणेशमान सिंहले महात्मा गान्धीलाई पनि २००४ भाद्र ०६ (इ.सं.१९४७ अगस्त २२) मा कलकत्तामा भेट गरेका थिए ।
गणेशमान सिंह वि.सं.२००३ (सन् १९४६) मा कृष्णबहादुर प्रधानकै नामबाट नेपाली राष्ट्रिय कांग्रेसमा प्रबेश भई पार्टीको कार्यकारी सदस्य समेत भएका थिए । उनले पार्टीको सत्याग्रह आन्दोलनमा इलाममा नेतृत्व गरेका थिए । वि.सं.२००६ साल (सन् १९४९) मा उनी भारतमा झरोवर काण्डको सिलसिलामा गिरफ्तार भई भारतको मोतिहारी जेलमा पनि परेका थिए । सशस्त्र जत्था लिएर नेपाल आएका उनलाई साथीहरु पक्राउ भएपछि नेपाल छाड्नु प¥यो ।  नेपालबाट बि.सं २००६ असोज (सन् १९५०) मा भारत तर्फ फरार हुँदै गर्दा उनलाई ठोरीमा पक्राउ गरियो र सेन्ट्रल जेलमा राखियो । त्यस समयमा उनले सेन्ट्रल जेलको कठोर यातना समेत भोगे ।    सोही साल चैत्रमा नेपाली कांग्रेस कार्य समितिको सदस्य निर्वाचित पनि भए । बि.सं.२००७ साल फागुनमा गठित राणा कांग्रेस मन्त्रीमण्डलमा र सो मन्त्रीमण्डल बिघटन भई मात्रृका प्रसाद कोइरालाको नेतृत्वमा गठित मन्त्रीमण्डल तथा बि.सं. २०१६ मा वी.पी.कोइरालाको नेतृत्वमा गठित पहिलो जननिर्वाचित मन्त्रीपरिषदमा पनि गणेशमान सिंह मन्त्री नियुक्त भएका थिए । 
२०१७ साल पौष १ मा राजा महेन्द्रद्वारा जननिर्वाचित सरकारलाई अपदस्थ गरी संसद बिघटन गरियो । यस घटनामा नेपाली कांग्रेसका अधिकांस नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरियो । यस काण्डमा गणेशमान सिंह पनि पक्राउ परे । यो पक्राउ पछि उनले ८ बर्षसम्म सुन्दरीजल जेलमा जेल जीवन व्यतित गरे । बि.सं.२०२५ कार्तिक १४ गते जेलमुक्त भएको, एकबर्ष पछि उनी भारत निर्वासित भए । उनी पनि वी.पी.संगै राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ पौष १६ मा स्वदेश फिर्ता हुँदा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएका सवै व्यक्तिहरुलाई हवाई अड्डाबाटै पक्राउ गरी पुनः सुन्दरीजेलमा राखियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय दवाब पछि उनी वि.सं. २०३५ आषाढ ४ मा जेलमुक्त भएका थिए । गणेशमान सिंहले “निर्वासनमा बसीरहनु भनेको हामीले मन्दविष पीएर आफ्नो अस्तित्व विसर्जन गर्नु हो,मेलमिलापको नीति बोकेर स्वदेश फर्कनु भनेको राजाको टांगमुनी छिर्नु हो । यो धर्म संकटको त्यो बखतमा मैलेचाँही मेलमिलापको नीतिलाई एउटा प्रयोगको रुपमा मात्र लिएको हूँ” भन्नु हुन्थ्यो ।  राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको मुख्य पक्ष नेपालको परिवर्तनमा विदेशीको हात रहुनु हुँदैन, राष्ट्रियता र लोकतन्त्र एक अर्काका परिपूरक हुन, राष्ट्रियता कमजोर वनाएर लोकतन्त्रको भविष्य हुँदैन, लोकतन्त्र नभई राष्ट्रियता मजबुत हुन्न भन्ने थियो ।  वी.पी.को स्पष्ट नीति राष्ट्रियताको सवालमा राजासंग सहकार्य र प्रजातन्त्रको मामलामा राजासंग संघर्षको थियो । 

     गणेशमान सिंह र उनले निर्वाह गरेको जिम्मेवारी   
 ►वि.सं.२००६ चैत्र तदनुसार सन् १९५० मार्चमा नेपाली कांग्रेस कार्य समितिको सदस्य निर्वाचित ।
 ►२००७ फागुन ७ गते गठित राणा कांग्रेस मन्त्रीपरिषदमा उद्योग तथा बाणिज्य मन्त्री नियुक्त ।
 ►२००८ मार्ग १ मा गठित मात्रृकाप्रसाद कोईराला मन्त्रीपरिषदमा कृषि, पशुबिकास र भुमिसुधार मन्त्री ।
► २०१६।२।१३ मा वी.पी.कोईरालाको नेतृत्वमा गठित जन निर्वाचित कांग्रेस सरकारमा मालपोत विकास, निर्माण तथा सञ्चार र नहर मन्त्री ।
►विर्ता उन्मुलन मस्यौदा समितिका संयोजक,
►२०१३ मा मुम्बईमा र २०१४ मा नेपालको शितल निवासमा भएको अफ्रो एशियाली समाजबादी सम्मेलनमा सहभागी

गणेशमान सिंहको दृष्टिकोण र उनले निर्वाह गरेका अन्य भूमिका

२०३७ को जनमत संग्रहको समयमा  गणेशमान सिंहले पूर्वाधार खडा नगरी जनमत संग्रहमा भागलिन नहुने दृष्टिकोण व्यक्त गरेका थिए । तर उनको सो दृष्टिकोण कार्यान्वयन भएन । पार्टीले जनमत संग्रहमा भाग लियो । तत्कालिन सरकारले जनमत संग्रहको नतिजा पञ्चायतकै पोल्टामा हाल्यो । 
यसै बीच २०३९ श्राबणमा बि.पि.कोईरालाको देहावसान भएपछि गणेशमानको नेतृत्वमा २०४२ सालमा सत्याग्रह तथा वि.सं.२०४६मा जनआन्दोलन सम्पन्न भयो । सो जनआन्दोलनकै फलस्वरुप बहुदलीय व्यवस्थाको पुनस्र्थापना पनि भयो । २०४६ सालको आन्दोलन पछि गणेशमान सिंह सर्वमान्य नेता तथा सर्बोच्च प्रजातन्त्रबादी नेता जस्ता बिशेषणबाट सम्मानित भएका थिए । २०४६ सालको आन्दोलन पछि पाएको प्रधानमन्त्री पदलाई स्वेच्छाले त्यागेर आफ्ना सहयोद्धा नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई उनले खुशीसाथ सुम्पिएका थिए । कृष्णप्रसाद भट्टराईकैे नेतृत्वमा अन्तरिम मन्त्रीपरिषद गठन भएको थियो । सोही समयमा संविधान निर्माण र पहिलो संसदीय निर्वाचन समेत सम्पन्न भयो ।
गणेशमान सिंह नेपालमा प्रजातन्त्रका लागि जीवनभर अथक रुपले लागि रहे । लोकतान्त्रिक पद्धति र संस्कारका लागि पार्टी भित्र पनि संधर्ष गरे । उनले २०४८ को निर्वाचन पछि नेपाली कांग्रेसको सरकार गठन भएपछि राजनीतिक नियुक्तिहरुमा सन्तुलित, समानुपातिक र समावेशी व्यवहार अपनाउने र चुनावमा पराजित भएकालाई लाभको पदमा नल्याउने प्रस्ताव राखे ।  उनले उठाएका प्रश्नहरु प्रजातन्त्रमा सवै जात जातिका, सवै लिंगका, सवै धर्मका, सवै बर्गका र सवै क्षेत्रका बासिन्दाले यो मेरो व्यवस्था हो भनि आत्मसात गर्न सक्ने वनाउन आवश्यक छ भन्ने थियो । तर उनले उठाएका कुराहरु त्यसबेलाको नेपाली कांग्रेसका सरकारबाटै लागु गरिएनन् ।
जीवनको उत्तरार्धमा नेपाली कांग्रेस भित्र आन्तरिक विग्रह सृजना भयो । सोही आन्तरिक विग्रहका कारण लोकतान्त्रिक पद्धति र संस्कारका लागि जीवनभर संधर्ष गरेका लौह पुरुष गणेशमान सिंहले मन दुखाए । फलस्वरुप असन्तुष्ट भई २०५१ भाद्र ३१ गते पार्टी परित्याग गरी उनी पार्टिबाट अलग भए । अन्तमा वि.सं २०५४ असोज २ गते उनको मृत्यु भयो ।

बिद्वत वर्गको नजरमा गणेशमान सिंहको व्यक्तित्व  
१. कट्टर सिद्धान्तबादी, प्रजातन्त्रका अथक योद्धा, बरिष्ठ प्रजातन्त्रबादी नेता, प्रखर राष्ट्रबादी, महान देशभक्त, जननेता, आर्थिक क्रान्तिका पक्षधर तथा व्यवहारिक राजनेता ।  
२. उहाँको बानी व्यहोरा अत्यन्त सरल थियो । साथसाथै उहाँ अत्यन्त कठोर पनि हुनु हुन्थ्यो (डेढ बर्ष सम्म कसंलाई भेट्नु भएन) । आफ्नो काम आँफै गर्नु पर्छ भन्ने कुरा व्यवहारमै उतार्नु हुन्थ्यो । उहाँ अरुको दुखः देख्न नसक्ने, त्यस्तालाई सकेको सहयोग गर्ने गर्नु हुन्थ्यो । राजनीतिक सिद्धान्त र आदर्श प्रति उहाँको कडा अडान थियो । उहाँले २०४६ साल पछि आर्थिक क्रान्ती गर्नु पर्छ र समाजमा अवसर नपाएकालाई अवसर दिनुपर्छ भन्नु हुन्थ्यो । ठुलो मान्छे हुनका लागि दृढ निश्चयी हुनु पर्छ भन्ने कुरा उहाँबाट सिक्न सकिन्छ । 

३. लोकतन्त्रका जाज्वल्यमान तारा, नेपालमा लोकतान्त्रिक आन्दोलनका इतिहास निर्माता, सर्बमान्य राजनेता । साहस, वीरता र इमान्दारिबाट बनेको उहाँको जीवन आजको पुस्ताको लागि प्रेरणादायी छ । 
उनी प्रजातन्त्र बहाली र पुनर्बहालीकोलागि संघर्षका हिसावले वी.पी. कोइराला भन्दा बढी अवधि संम्म समर्पित, सैद्धान्तिक हिसावले वी.पी.का कट्टर समर्थक थिए । 
४. गणेशमान सिंह नसोची कहिल्यै नवोल्ने र बोली सकेपछि त्यसैमा टिक्नु हुन्थो ।  
७.गणेशमान सिंहको व्यक्तित्वका आयाम ः स्पष्टबादिता, निर्भिकता, साहसिक र निस्वार्थ । प्रजातन्त्र प्रति अबिचलित आस्था र विश्वास (गुण), आदर्श मूल्य मान्यतामा आधारित राजनीतिक संस्कार र सस्कृति बसाल्न समर्पित नेता, जनतालाई भरोसा गर्न र भरोसा दिलाउन जानेका कर्मयोगी नेता । 
९.नेपालको राजनीतिक एकीकरण गर्ने पृथ्वी नारायाण शाह, नेपाललाई भाषागत रुपमा एकीकरण गर्ने आदिकवि भानुभक्त आचार्य र प्रजातान्त्रिक रुपले एकीकरण गर्ने महापुरुष मध्येका एक गणेशमान सिंह हुनुहुन्छ ।  
१०. गणेशमान सिंहको जीवन त्यागको पर्यायबाची हो । उनको आर्थिक क्रान्ति महंगीमा राहत र रोजगारी, भष्टाचार र गरिवीको अन्त्य, दीर्घ जलस्रोतको सदुपयोग, कृषि क्षेत्रको विकास, उत्पादनमा बृद्धि र न्यायोचित वितरण । 
११.गरिव कमजोरले पनि राज्यलाई आफ्नो ठान्ने  व्यवस्था स्थापित होस भन्ने ठान्थे गणेशमान । राजनीतिकर्मीहरु तुच्छ र अदूरदर्शी भएपछि जनताले सकस भोग्नु पर्छ । अहिले भोग्नु परेको गरिवी, अशान्ति र विखण्डनको कारक राजनीतिक नेतृत्वको कमजोरी नै हो । 
१२.गणेशमानको विकास मोडल समानुपातिक र समावेशी अर्थात   Social Engineering   (सामाजिक अभियान्त्रिकरण) थियो ।  

उपसंहार 
नेपाली कांग्रेसको आदर्श, मूल्य र मान्यता राष्ट्रियता, लोकतन्त्र र समाजबाद रही आएको तथ्य सर्वबिदित नै छ । नेपाली कांग्रेसले यीनै आदर्श, मूल्य र मान्यतामा आधारमा न्यायपूर्ण गतिशील र समतामूलक समाजको स्थापना गर्ने, नेपाललाई सभ्य, सुखी र सम्पन्न रुपमा स्थापित गर्ने  प्रतिवद्धताका बिषय दस्तावेजहरुमा उल्लेख गरेको छ । बर्तमानमा एकातिर आँफूले सिन्को नभाच्ने पूर्वजहरुले गरेको कार्यको व्याजमा रमाउने प्रवृत्ति हावी भएको छ भने अर्कोतर्फ गुटबन्दीेको विजारोपण नराम्रो संग मौलाएको पाइन्छ । नेतृत्वबाट यस्तो बिग्रहलाई सम्बोधन गरी पार्टीलाई एकताबद्ध र सुसंगठित गराउनेतर्फ आबश्यक पहल गरिनु पर्ने हो । हालका नेतृत्व तहबाट त्यस प्रकारको ठोस पहल गरिएको पाइन्न । गरिएका भए के कस्ता कार्यहरु गरिए वा गरिदै वा गर्न लागिएको छ ? सो विषय जनसमक्ष स्पष्ट आउनु जरुरी छ । 
हुन त नेपाली कांग्रेस भित्र समय समयमा थरी थरीका अवसर परस्त र स्वार्थी गुट, उपगुट, समूह,उपसमूह तिव्ररुपमा सिर्जना हुने आन्तरिक विग्रहजन्य रोग साविक देखिकै हो भन्ने तथ्य कसैबाट छिपेको छैन । स्वयं गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई समेत यस्ता विग्रहको चपेटामा परेको दृष्टान्त छ । बिधानको उद्देश्य अनुसार नेपाललाई सभ्य, सुखी र सम्पन्न तुल्याउन राजनीतिक पार्टीहरुले पार्टी भित्र आन्तरिक विग्रह सिर्जना हुन दिनु हुँदैन र सिर्जना भै हाले त्यसलाई सच्याई हाल्नु पर्ने हो । तर, त्यसो नगरी केन्द्र देखि स्थानीयतहसम्म नेताहरु आआफ्नो गुट, उपगुटमा विभाजित भै  यदुबंशी झैं परस्परमा कलह र तानातानमा रमाउने प्रबृत्ति हाबी छ । फलस्वरुप यो वा त्यो गुट उपगुटको चिरा ग्रामीण तहसम्मै देखिन्छ । यस्तो कथनी र करनी बीचको अन्तरको अवस्थाले अग्रजहरुले योगदानको अवमूल्यन र शुभेच्छु मतदाता प्रति बिश्वासघात समेत हुन गएको छ । यो समस्यालाई सवै तहका नेतृत्व वर्गबाट यथोचित संबोधन गरिनु पर्छ । 
र अन्त्यमा बर्तमानका कांग्रेसी नेता तथा कार्यकर्ताहरुबाट वी.पी.कोइराला, गणेशमान सिंह एवं कृष्ण प्रसाद भट्टराईको त्याग, समर्पण, आदर्श र उनीहरुको योगदानको कदर हुन नसकेको  महसुस भएको छ । गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा वर्तमानका नेतृत्व वर्गलाई अग्रजहरुकोे योगदानलाई कदर गर्न, उनीहरुकै आदशर्, मूल्य, मान्यता र सिद्धान्तमा आधारित उद्देश्यमूलक राजनीतिको माध्यमबाट नेपाल र नेपालीलाई सबल, सुखी र सम्पन्न तुल्याउने दिशामा अग्रसर हुने प्रेरणा मिलोस । अस्तु ।   

लेखक समसामयिक बिषयमा प्रष्ट खबरमा कलम चलाउनुहुन्छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
1000013251-1728643127.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुँदै
Screenshot_20241125_15450-1733194332.jpg

१८ मंसिर, हेटौंडा । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबिच आज द्विपक्षीय...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1733194126.jpg

१८ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र...

नवनिर्वाचित वडाध्यक्ष तिवारीको सपथ ग्रहण
Screenshot_20241202_19400-1733147792.jpg

१७ मंसिर, हेटौंडा। हेटौंडा १२ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुन प्रसाद तिवारीको शपथग्रहण कार्यक्रम सम्पन्न...

महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर विजयी
yamale-media1616509251-16-1733108275.jpg

१७ मंसिर, हेटौंडा । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन्...

मौसम मुख्यतया सफा रहने
Weather_Clean_KTM-1536x10-1733107982.jpg

१७ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा...

हेटौंडा-१२: नेपाली कांग्रेसका तिवारी विजयी
IMG-127ebff55743ad8535a3a-1733087917.jpg

१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...

हेटौंडा-१२: ३०४५ मत गणना (यस्तो छ परिणाम)
Screenshot_20241201_20234-1733079178.jpg

१६ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचन अन्तरगत मतगणना जारी छ । सिद्धार्थ मावि...

हेटौंडा-१२: मतगणना शुरू
IMG-cc5eab6bd3b0e4f5c846c-1733068098.jpg

१६ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना शुरू भएको छ । सिद्धार्थ मावि...

कालिकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी
Screenshot_20241201_20443-1733065228.jpg

१६ मंसिर, हेटौंडा । कालिकोटको तिलागुफा नगरपालिका-४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्कराज शाही विजयी...

थप समाचार