२९ माघ, हेटौँडा । नामिवियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ । यो जीतसँगै नेपालले सन् २०१८ को विश्वकप छनोट खेल्ने सम्भावना बलियो बनेको छ।
सोमबार भएको चौथो खेलमा नेपालले केन्याले दिएको १७८ रनको लक्ष्य ३ विकेट बाँकी रहदै पुरा गरेको छ । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाए। त्यस्तै कप्तान पारस खड्का र आरिफ शेखले ४२/४२ रन बनाए । शरद भेषवाकरले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। केन्याका लागि इबी रिंगाराले महत्वपूर्ण ३ विकेट लिए। उनले पारस खड्का र शरद भेषवाकरलाई आउट गरेका थिए।
एनएन ओडिम्बो, एनएम ओडिम्बो र एसओ एन्गोचेले १/१ विकेट लिए । नेपालका लागि महत्वपूर्ण इनिङ खेलेका रोहित भने रन आउट भए। नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । केन्याका लागि आइए करिमले ४२ रन बनाए । ओबान्डाले ४१ रन बनाउँदा सीओ ओबूयाले २७ र ओडियाम्बोले २४ रन जोडे । एसओ एनगोचेले २३ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । सोमपाल, शरद र वसन्तले १/१ विकेट लिए ।
नेपालले क्यानाडासँग बुधबार अन्तिम खेल खेल्नेछ ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















