Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस-एमाले बागमती प्रदेशस्तरीय संयन्त्रले गर्यो ५ बुँदे निर्णय

IMG-20241208-WA0000(1)-1733645190.jpg

२३ मंसिर, हेटौंडा । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठकले ५ बुँदे निर्णय गरेको छ । आइतबार ललितपुरमा बसेको दुई दलीय संयन्त्रको बैठकले ५ बुँदे निर्णय गरेको हो । 
बैठकले बागमती प्रदेश सरकारले गरेका निर्णयहरुलाई यथाशिघ्र कार्यन्वयन गर्दै प्रदेश सरकारलाई जनचाहना अनुरुप प्रभावकारी ढंगले संचालन गर्न बागमती प्रदेश सरकारलाई निर्देश गरेको छ । बैठकले बागमती प्रदेशमा बाँकी रहेका राजनीतिक नियुक्तिहरुलाई दुई दलको आपसी सहमतिमा यथाशिघ्र टुंग्याउन बागमती प्रदेश सरकारलाई यस बैठक निर्देश गरेको छ । 
त्यस्तै, गत असोज ११ देखि १३ गतेसम्म आएको बर्षात र बाढीबाट बागमती प्रदेशभित्रका क्षति भएका सम्पुर्ण संरचनाहरुलाई पुर्ननिर्माण र बिस्थापितहरुको पुर्नस्थापना गर्नका लागि आवश्यक बजेट व्यवस्था गरी यथाशिघ्र कार्यान्वयन गर्न संयन्त्रले बागमती प्रदेश सरकारलाई निर्देश गरेको छ । संयन्त्रले बागमती प्रदेश भित्र रहेका समस्याग्रस्त सहकारीहरुको यथार्थ अवस्था पहिचान गरी सहकारीमा भएको कारोबारका कारण कोहि पनि सदस्य पीडित नहुने आवश्यक व्यवस्था गर्न बागमती प्रदेश सरकारलाई निर्देश गरेको छ । 
त्यस्तै, ‘स्थानीय तहको उप-निर्वाचन, २०८१' शान्तिपूर्ण, निष्पक्ष एवं उत्साहपुर्ण रुपमा सम्पन्न गर्न-गराउन महत्वपुर्ण भुमिका खेलेकोमा नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी तथा पर्यवेक्षक र मतदाता आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रले हार्दिक धन्यवाद एवं आभार प्रकट गरेको छ ।
बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रका संयोजक नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकमा नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा र बागमती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन, नेकपा एमालेका तर्फबाट नेकपा एमाले बागमती प्रदेश ईन्चार्ज राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल,  एमाले बागमती प्रदेश संसदीय दलका नेता र जगन्नाथ थपलियाको सहभागिता रहेको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार