Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस-एमाले बागमती प्रदेशस्तरीय संयन्त्रले गर्यो ५ बुँदे निर्णय

IMG-20241208-WA0000(1)-1733645190.jpg

२३ मंसिर, हेटौंडा । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठकले ५ बुँदे निर्णय गरेको छ । आइतबार ललितपुरमा बसेको दुई दलीय संयन्त्रको बैठकले ५ बुँदे निर्णय गरेको हो । 
बैठकले बागमती प्रदेश सरकारले गरेका निर्णयहरुलाई यथाशिघ्र कार्यन्वयन गर्दै प्रदेश सरकारलाई जनचाहना अनुरुप प्रभावकारी ढंगले संचालन गर्न बागमती प्रदेश सरकारलाई निर्देश गरेको छ । बैठकले बागमती प्रदेशमा बाँकी रहेका राजनीतिक नियुक्तिहरुलाई दुई दलको आपसी सहमतिमा यथाशिघ्र टुंग्याउन बागमती प्रदेश सरकारलाई यस बैठक निर्देश गरेको छ । 
त्यस्तै, गत असोज ११ देखि १३ गतेसम्म आएको बर्षात र बाढीबाट बागमती प्रदेशभित्रका क्षति भएका सम्पुर्ण संरचनाहरुलाई पुर्ननिर्माण र बिस्थापितहरुको पुर्नस्थापना गर्नका लागि आवश्यक बजेट व्यवस्था गरी यथाशिघ्र कार्यान्वयन गर्न संयन्त्रले बागमती प्रदेश सरकारलाई निर्देश गरेको छ । संयन्त्रले बागमती प्रदेश भित्र रहेका समस्याग्रस्त सहकारीहरुको यथार्थ अवस्था पहिचान गरी सहकारीमा भएको कारोबारका कारण कोहि पनि सदस्य पीडित नहुने आवश्यक व्यवस्था गर्न बागमती प्रदेश सरकारलाई निर्देश गरेको छ । 
त्यस्तै, ‘स्थानीय तहको उप-निर्वाचन, २०८१' शान्तिपूर्ण, निष्पक्ष एवं उत्साहपुर्ण रुपमा सम्पन्न गर्न-गराउन महत्वपुर्ण भुमिका खेलेकोमा नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी तथा पर्यवेक्षक र मतदाता आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रले हार्दिक धन्यवाद एवं आभार प्रकट गरेको छ ।
बागमती प्रदेश स्तरीय दुई दलीय संयन्त्रका संयोजक नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकमा नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा र बागमती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन, नेकपा एमालेका तर्फबाट नेकपा एमाले बागमती प्रदेश ईन्चार्ज राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल,  एमाले बागमती प्रदेश संसदीय दलका नेता र जगन्नाथ थपलियाको सहभागिता रहेको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार