२६ मंसिर, हेटाैंडा। नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ। मंसिर २८ गते शुक्रबार हुने निर्वाचनका लागि आज भएको मनोनयन दर्ता कार्यक्रममा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको हो।अध्यक्ष पदका लागि पोष्टराज अधिकारी(कुमार) बालकृष्ण अधिकारीले, अञ्जली थापा, सुरेश श्रेष्ठ र शिव कुमार रिजालको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले जानकारी दिएका छन्।
त्यसैगरी उपाध्यक्ष (खुल्ला) मा गणेश अधिकारी,ध्रुव अधिकारी र रविन्द्र गौतमले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष महिलातर्फ भावना रिजाल र प्रतिक्षा न्यौपानेले उम्मेदवारी दर्ता भएको छ। सचिव पदका ३ जनाको मनोनयन परेको छ । सचिव पदमा उम्मेदवारी दिनेमा केशव सुवेदी, इन्द्रबहादुर बञ्जरा र अशोक सुजन श्रेष्ठ रहेका छन्।
त्यसैगरी कोषाध्यक्षमा प्रदिप अधिकारी र एमपी शर्मा, सह–सचिव (खुल्ला)मा विश्वराम अधिकारी र शिवप्रसाद चौलागाईको उम्मेदवारी दर्ता भएको छ।
सहसचिव (समावेशी)मा सन्नु रिजाल र रुपा गुरुङ, सदस्य (दलित) मा संजीव सुनार र सुमित विश्वकर्मा, सदस्य (महिला) मा स्मिता अर्जेल र जमुना थिङ, सदस्य (जनजाति) मा सानुमाया गुरुङ र जयराम मोक्तानले उम्मेदवारी दिएका छन्। आवश्यक ६ जनाको खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा जीवराज बख्रेल, कृष्णा विष्ट (सुनिता), कुमारमणि हुमागाईँ, मञ्जिता मैनाली, श्रीराम अर्जुन दहाल, रविन ढुंगाना, सरोज पौडेल, सुमन दाहाल, विवेक सिन्तान, अशेष ढुंगाना, अनिल पराजुली र नवराज वाइवाको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक आचार्यले जानकारी दिएका छन्। त्यसैगरी केन्द्रीय परिषद् सदस्यमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ। कमलचन्द्र सुमन, नवराज शर्मा र सुजन विडारीले केन्द्रीय परिषद सदस्यमा मनोनयन दर्ता गरेका छन्।
त्यसैगरी सदस्य (मधेसी) मा मनिल महतो प्रदेश परिषद् सदस्यमा ६ जना निर्विरोध निर्वाचित भएका छन्। प्रदेश परिषद सदस्य तर्फ सुनिल सिवाकोटी, कपिल खड्का, अनिष लुइँटेल, सरला अधिकारी, बलराम पुडासैनी र नवीन आलेमगर रहेका छन् भने केन्द्रीय परिषद् सदस्य (समावेशी) तर्फ कृष्णराम परियार निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले बताए। महासंघको मकवानपुर सहित प्रदेश र केन्द्रीय कार्य समितिका लागि शुक्रबार मतदान हुदैछ। ३ वर्षे कार्यकाल रहने नयाँ कार्य समितिमा एक सय १७ जना पत्रकारले मतदान गर्नेछन्।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















