२६ मंसिर, हेटाैंडा। नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ। मंसिर २८ गते शुक्रबार हुने निर्वाचनका लागि आज भएको मनोनयन दर्ता कार्यक्रममा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको हो।अध्यक्ष पदका लागि पोष्टराज अधिकारी(कुमार) बालकृष्ण अधिकारीले, अञ्जली थापा, सुरेश श्रेष्ठ र शिव कुमार रिजालको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले जानकारी दिएका छन्।
त्यसैगरी उपाध्यक्ष (खुल्ला) मा गणेश अधिकारी,ध्रुव अधिकारी र रविन्द्र गौतमले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष महिलातर्फ भावना रिजाल र प्रतिक्षा न्यौपानेले उम्मेदवारी दर्ता भएको छ। सचिव पदका ३ जनाको मनोनयन परेको छ । सचिव पदमा उम्मेदवारी दिनेमा केशव सुवेदी, इन्द्रबहादुर बञ्जरा र अशोक सुजन श्रेष्ठ रहेका छन्।
त्यसैगरी कोषाध्यक्षमा प्रदिप अधिकारी र एमपी शर्मा, सह–सचिव (खुल्ला)मा विश्वराम अधिकारी र शिवप्रसाद चौलागाईको उम्मेदवारी दर्ता भएको छ।
सहसचिव (समावेशी)मा सन्नु रिजाल र रुपा गुरुङ, सदस्य (दलित) मा संजीव सुनार र सुमित विश्वकर्मा, सदस्य (महिला) मा स्मिता अर्जेल र जमुना थिङ, सदस्य (जनजाति) मा सानुमाया गुरुङ र जयराम मोक्तानले उम्मेदवारी दिएका छन्। आवश्यक ६ जनाको खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा जीवराज बख्रेल, कृष्णा विष्ट (सुनिता), कुमारमणि हुमागाईँ, मञ्जिता मैनाली, श्रीराम अर्जुन दहाल, रविन ढुंगाना, सरोज पौडेल, सुमन दाहाल, विवेक सिन्तान, अशेष ढुंगाना, अनिल पराजुली र नवराज वाइवाको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक आचार्यले जानकारी दिएका छन्। त्यसैगरी केन्द्रीय परिषद् सदस्यमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ। कमलचन्द्र सुमन, नवराज शर्मा र सुजन विडारीले केन्द्रीय परिषद सदस्यमा मनोनयन दर्ता गरेका छन्।
त्यसैगरी सदस्य (मधेसी) मा मनिल महतो प्रदेश परिषद् सदस्यमा ६ जना निर्विरोध निर्वाचित भएका छन्। प्रदेश परिषद सदस्य तर्फ सुनिल सिवाकोटी, कपिल खड्का, अनिष लुइँटेल, सरला अधिकारी, बलराम पुडासैनी र नवीन आलेमगर रहेका छन् भने केन्द्रीय परिषद् सदस्य (समावेशी) तर्फ कृष्णराम परियार निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले बताए। महासंघको मकवानपुर सहित प्रदेश र केन्द्रीय कार्य समितिका लागि शुक्रबार मतदान हुदैछ। ३ वर्षे कार्यकाल रहने नयाँ कार्य समितिमा एक सय १७ जना पत्रकारले मतदान गर्नेछन्।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









