Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चौघडामा रहेको रानी वनकाे साधारणसभा सम्पन्न

FB_IMG_1734179502870-1734179699.jpg

२९ मंसिर हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहकाे २८ औ वार्षिक  साधारणसभा  शनिवार सम्पन्न भएकाे छ ।

बागमती प्रदेश सभा सदस्य भारती पाठककाे प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्याैपानेकाे सभाध्यक्षतामा साधारणसभा  भएकाे हाे । समूहका अध्यक्ष न्याैपानेले संस्थागत प्रतिवेदन, सचिव नानी माया रुम्बाले प्रगति प्रतिवेदन, लेखा संयाेजक श्यामकुमार श्रेष्ठले लेखा समितिकाे प्रतिवेदन, काेषाध्यक्ष गाेमा लामिछानेले  चालू आर्थिक वर्ष  २०८१/०८२ का   लागि  ७६ लाखकाे अनुमानित  आयब्यय विवरण  र कार्यालय  सचिव भीमसेन पाैडेलले आर्थिक वर्ष  २०८०/२०८१  काे लेखा परिक्षण  प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा विभित्र  ब्यक्तिहरुलाई पुरस्कृत गरिएकाे थियाे । भेलामा  सामुदायिक  वन उपभोक्ता महासंघ , मकवानपुर , डिभिजन वन कार्यालय , मकवानपुरका वन अधिकृत  दिपक अधिकारी ,समूहका निवर्तमान  अध्यक्ष कृ्ष्ण बिडारी,  ज्येष्ठ  उपभोक्ता  हिरा माया गाैतम, तिलक बहादुर खड्कालाई पुरस्कृत गरिएको  थियाे ।
यसैगरि सञ्चारकर्मी  भावना रिजाल,२०८० सालकाे एसईई परीक्षामा  उत्कृष्ट  अंक हासिल गर्ने प्रज्वल अधिकारी , बन्दना चाैलागाई , कार्यसमिति सदस्य सूर्यप्रसाद  दुलाल, अनिता बुढाथोकी , सालक संरक्षणमा  महत्त्वपूर्ण  सहयाेग गर्ने रामकृष्ण  राई, अमर राई र सेवा निवृत कर्मचारी  यदुकुमार घिमिरे लगायतकालाई पुरस्कृत गरिएकाे थियाे ।
साधारणसभामा हेटाैडा ६ का वडा अध्यक्षविष्णबहादुर दाहाल, मकवानपुरगढी ३ का वडा अध्यक्ष  भागवतघिमिरे,४ का वडा अध्यक्ष  अर्जुनप्रसाद  तिमल्सिना , हेटाैडा ६ का वडा सदस्य विजय पाैडेल, सामुदायिक  वन उपभोक्ता  महासंघ केन्द्रीय  सदस्य रामहरि  चाैलागाई, मकवानपुर  अध्यक्ष  साधुराम चाैलागाई, बागमती  प्रदेश दुग्ध  विकास बाेर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी , डिभिजन वन कार्यालय, मकवानपुरका  वन अधिकृत  दिपक अधिकारी ,  हेटाैडा सव डिभिजन वन अधिकृत सविना रिजाल, चुच्चेखाेला सामुदायिक  वनका अध्यक्ष  लक्ष्मण कटुवाल, जनकल्याण  सहकारीका अध्यक्ष  हिमाल पाैडेल, कामधेनु सहकारीका अध्यक्ष  उदय बिडारी, मनकामना  दुग्ध  सहकारी  अध्यक्ष  अर्जुनप्रसाद  दाहाल, श्रमिक साना किसान कृषि सहकारी  अध्यक्ष  निर्मला लम्साल, समूह  उपाध्यक्ष  केशव धिताल लगायतकाे उपस्थिति  रहेकाे थियाे ।
१ सय ३४ हेक्टर  क्षेत्रफलमा  फैलिएकाे याे सामुदायिक  वनमा ९ सय घरधुरी  आवद्व रहेका छन। भेलाले विभिन्न ११ वटा प्रस्तावहरु सर्वसम्मत  पारित गर्नुका साथै  नयाँ  कार्यसमिति  चयन गर्नका लागि अर्जुनप्रसाद  चाैलागाईकाे संयाेजकत्वमा ३ सदस्यीय  निर्वाचन  समिति गठन समेत गरेकाे कार्यालय सचिव भीमसेन  पाैडेलले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार