Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाइयो

Screenshot_20241105_16244-1734353481.jpg

फाइल तस्विर

१ पुस, हेटौंडा । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसहित ५१ जनालाई प्रतिवादी बनाएर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । पूरक जाहेरी आउनुअघि पक्राउ परेर अहिले कारागारमा रहेका र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी कायम गर्न राय दिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले बताए ।
लामिछानेसहित ५० जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय दिएको छ । तर, जीबी राईलाई थप कसुरमा समेत अभियोजन गर्नुपर्ने प्रहरीको अनुसन्धान निष्कर्ष छ । अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको हुनाले उनलाई राष्ट्र बैङ्क ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिइएको डीएसपी शर्माले जानकारी दिए । जीबी राईले क्रिप्टो मार्फत विदेशमा रकम लगेको प्रमाण प्रहरीले भेट्टाएको छ ।
रवि लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम बिगो कायम गर्न मागदाबी लिनुपर्ने राय दिइएको डीएसपी शर्माले बताए । 
सूर्यदर्शनको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र लीला पछाईसहित ५ जना अहिले थुनामा छन् । थुनामा हुनेमा उनीहरुसहित तनहुँका राम बहादुर खनाल र पोखरा घर भएक कृष्ण गुरुङ छन् । यसअघिको मुद्दामा प्रतिवादी बनेकाहरूलाई पनि प्रहरीले दोस्रो पटक प्रतिवादी कायम गरेको छ । उनीहरुविरुद्ध पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर हुनेछ । 
ठेगाना नखुलेका १४ जनालाई ठेगाना खुलाएर अदालतमा उपस्थित गराउने कुरा अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । (रातोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार