Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिक्षक संघ हेटौंडाको छैठौ स्थानीय प्रतिनिधिसभा सम्पन्न, ४ शिक्षक संघमा प्रवेश

Screenshot_20241221_18595-1734787090.jpg

६ पुस,हेटौंडा।नेपाल शिक्षक संघ हेटौंडा नगर कार्य समितिको छैठौ स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको छ। शनिबार हेटौंडामा भएको भेलाले छैठौं स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको हो।संघका हेटौंडा नगर कार्य समितिका अध्यक्ष मन्दिरा घिमिरेको सभाध्यक्षता तथा संघका बागमती प्रदेश अध्यक्ष दीपक सिंखडाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा हेटाैडाका उप मेयर राजेश बानियाँ, हेटाैंडा उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक तथा १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइराला, नेपाल शिक्षक संघ  मकवानपुर अध्यक्ष गणेश प्रसाद हुमागाई, कांग्रेस मकवानपुरका पुर्व अध्यक्ष रघुरमण न्यौपाने, सचिव भीमसेन महत, नेपाल शिक्षक संघ बागमती प्रदेशको पूर्व वरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा, संघ मकवानपुरका सचिव श्रीराम लुइटेल, संघका विभिन्न गाउँपालिका अध्यक्ष तथा  प्रतिनिधि लगायतकाको उपस्थितीे रहेको थियो।

कार्यक्रममा नगर अध्यक्ष मन्दिरा घिमिरेले संस्थागत प्रतिवेदन, नगर सचिव ज्योति न्यौपानेले  प्रगति प्रतिवेदन र सचिव अर्थ प्रेम घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।कार्यक्रममा  सेवा निवृत्त भएका १ जना शिक्षकलाई सम्मान गरेको छ। संघमा आवद्ध भइ सेवा निवृत्त भएका शिक्षकहरु अर्जुन प्रसाद बर्तौला,  दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ। त्यसैगरी ४ जना शिक्षक नेपाल शिक्षक संघमा प्रवेश गरेका छन्। तीर्थ खड्का, रामचन्द्र पाठक, रन्जना दाहाल र मथुरा दुलाल नेपाल शिक्षक संघका प्रवेश गरेका हुन्। नवप्रवेशी सबैलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिले टिका र माला लगाएर स्वागत गरेका छन्। 

त्यसैगरी कार्यक्रममा हेटौडा २ मा रहेको सिद्धार्थ माविका प्रधानाध्यापक परमानन्द सरोज कर्ण, हेटौंडा १७ हटियामा रहेको बालबोध माविका प्रधानाध्यापक दिपक लाल श्रेष्ठ, हेटौंडा ११ नवलपुरमा रहेको त्रिभुवन मा विका प्रअ हस्तलाल श्रेष्ठ, हेटौंडा १७ रहेको राजदेवी माविका प्रधानाध्यापक दिपक देवकोटा र हेटौंडा १८ मा रहेको गोरक्षश्वर मा विका प्रअ मिना श्रेष्ठलाई पनि प्रशंसापत्रले सम्मान गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार