२३ पुस, हेटौंडा। मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको ११ औं वार्षिक साधारणसभामा संचारकर्मी सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ। सहकारी संघको मंगलबार सम्पन्न ११ औं वार्षिक साधारण सभा मार्फत संचारकर्मी सहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको हो।
सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा रिद्धिसिद्धी सिमेन्ट प्रालि, सर्वोत्तम सञ्चिति बचत तथा ऋण सहकारी संस्था, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, किसान कल्याण बहुउद्देश्यीय संस्था, जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई सम्मान गरिएको हो।
त्यसैगरी सरकारीको गतिविधिलाई संचारमाध्यम मार्फत जनतामाझ पुर्याउन सहयोग गरेको भन्दै प्रष्टखबरका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी नगद सहित दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको थियो। त्यसैगरी नियमित बचतकर्तातर्फ राजदेवी महिला बहुउद्देश्यीय सहकारी संस्था र उत्कृष्ट सहकारीतर्फ पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई प्रशंसा पत्र र दोसल्लाका साथ सम्मान गरिएको थियोे। सभामा अध्यक्ष न्यौपानेले सङ्घको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी कार्यक्रम र योजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले सहकारीको भूमिका महत्वपूर्ण रहेकोले अब सहकारीको उचित नियमन र व्यवस्थापनको आवश्यकता रहेको बताइन्।
कार्यक्रममा सभामा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासङ्घका सदस्य बद्रीप्रसाद लम्साल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हरिप्रसाद कंडेल, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, हेटौंडा-९का वडा सदस्य विष्णु रानामगर, उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, हेटौंडा साकोसका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, सर्वोत्तम संचिति साकोसका अध्यक्ष रामबहादुर बस्नेत, युसेस साकोसका अध्यक्ष उत्तम शर्मा ढकाल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, सहकारीका लेखा समिति संयोजक रामेश्वर अर्याललगायतको आतिथ्यता रहेको थियो ।
सहकारीमा संघमा २३ वटा संस्था आवद्ध रहेको छ। १ लाख ४० हजार शेयरपुजीँ रहेको सङ्घमा २८ लाख ५ हजार ६४२ रुपैयाँ बचत रहेको छ । सङ्घको जगेडा कोषमा २ लाख १ हजार ३८५ रुपैयाँ रहेकोछ भने ३७ लाख ७ हजार ७१४ रुपैयाँको कारोबार गरेको जनाइएको छ । कार्यक्रम संचालन सहकारी लेखा समिति सदस्य रमिला सापकोटाले गरेकी थिइन्।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















