Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सम्बृद्धिका लागि सबैको एकता आवश्यक :मुख्यमन्त्री लामा

Screenshot_20250108_19332-1736344290.jpg

२४ पुस, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले देशको सम्बृद्धिका लागि सबै एकता  आवश्यक रहेको बताएका छन्। मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधरण सभा एवं अधिवेशनलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन्। 
उनले सम्बोधनका क्रममा स्वदेशमै रोजगारी सृजना गरे युवा पलायन रोक्न सकिने ठोकुवा गरेका छन्।मुख्यमन्त्री लामाले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने र लगानी बढ्दा स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने दाबी गरेका हुन्। 
'हामी सबै आफै उत्पादनमुखी कार्यमा अग्रसर जरुरी छ, राज्यले  उद्योगीलाई आवश्यक सुविधा उपलब्ध गराएर उत्पादन वृद्धिमा जोड्नुपर्छ - मुख्यमन्त्री लामाले भने।' 
उनले सम्बोधनका क्रममा ऐन कानुन परिमार्जन गरेर विकास र समृद्धिको बाटोमा अघिबढ्नु पर्ने समेत बताएका छन् । कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ९ करोड रुपैयाँ खर्च गरेर लगानी सम्मेलन मार्फत् ६ अर्व लगानी प्रतिवद्धता लिएपनि कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । 
कार्यक्रममा ३ पत्रकार सहित १२ जनालाई सम्मान गरिएको थियो। उत्कृष्ट संचारकर्मीको रुपमा कान्तिपुुर दैनिकका प्रताप विष्टलाई २५ हजार रुपैयाँ सहित सम्मान गरेको छ भने समृद्ध समाज दैकिनका सम्पादक सुरेश श्रेष्ठ र प्रदेश दैनिकका सम्पादक एवं रेडियो मकवानपुरका स्टेशन मेनेजर गणेश दर्पण अधिकारीलाई १५ हजार रुपैयाँ सहित सम्मान गरेको छ । 
यस्तै संघले २५ हजार रुपैयाँ सहित उत्कृष्ट साहित्य संस्थाको रुपमा साहित्य संगम मकवानपुर, उत्कृष्ट सामाजिक संस्थाका रुपमा मामाघर नेपाललाई सम्मान गरेको हो  । उत्कृष्ट वाणिज्य सदस्यका रुपमा मोहन कृष्ण श्रेष्ठ, उत्कृष्ट उद्योग सदस्य नरहरि नन्दन उप्रेती, लाई सम्मान गरेको छ भने इभान्स लाइफ साइन्सेसलाई उत्कृष्ट एशोशिएट सदस्य, मोवाइले एसोसिएसन अफ मकवानपुरलाई उत्कृष्ट वस्तुगत सदस्य, उत्कृष्ट कर्मचारीबाट दुर्गा लामिछान, पल्पसा प्याराडाइजका परिकल्पनाकारका रुपमा संघका पूर्व अध्यक्ष कृष्ण कटुवाल र पुर्व अध्यक्ष हिटलर विसेतलाई विशेष सम्मान प्रदान गरेको छ । संघको अधिवेशनको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समुद्घाटन गर्ने कार्यतालिका रहेपनि  प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदा देउवा हेटौंडा आउननसकेपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले समुद्घाटन गरेका थिए । संघको नयाँ नेतृत्वका लागि २७ गते निर्वाचन हुने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार