Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचन 'भड्किलो' बन्दै

Screenshot_20250109_10300-1736398500.jpg

२५ पुस, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघमा अहिले चुनावी माहोल रहेको छ । ५३ औं साधारणसभा बुधबारदेखि शुरु भएको छ । साधारणसभाको औपचारिक उद्घाटन भन्दा महिना दिन अघि नै उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी बढिरहेको थियो । संघको यो निर्वाचनले व्यवसायिक हितमा काम गर्ने व्यवसायीलाई चयन गर्ने छ । तर पछिल्लो पटक उद्योग बाणिज्य संघको निर्वाचन संसदीय निर्वाचनको जस्तै भड्किलो बन्दै गएको व्यवसायिक बृत्तमा चर्चा भईरहेको छ । साधारणसभाको मिति तय भएदेखि नै निर्वाचन लक्षित गतिविधि गरिरहेका व्यवसायीले एक महिनादेखि प्यानल नै बनाएर संसदीय निर्वाचनमा नेताहरुले घरदैलो गरे झैं व्यवसायिक भेटघाटलाई तिब्रता दिईरहेका छन् ।
संसदीय निर्वाचन खर्चका हिसावले महंगो भएको भन्दै यसलाई न्यूनिकरण गर्न प्रचारप्रसार, घरदैलो र सभाहरुमा आचारसंहिता लागु गरिएपनि उद्योग बाणिज्य संघको चुनावीमा जिल्लाका विभिन्न क्षेत्रमा उम्मेदवारहरुले ठूला ठूला होर्डिङ बोर्ड राख्नुका साथै लिफलेट, पर्चा जस्ता प्रचार सामग्री वितरण गरेका छन् । संसदीय निर्वाचनमा झैं उम्मेदवारहरुको माईकिङसहितको प्रचारप्रसार भईरहेको छ ।
पछिल्लो एक महिनादेखि विभिन्न नाममा हेटौंडाका होटलहरुमा फरक फरक प्यानलले भोज गरिरहेका छन् । ठूलो संख्यामा व्यवसायी भेला गरी भोजसहितको व्यवस्था गरी प्यानल घोषणा गरेसंगै यसले व्यवसायिक मुद्धा भन्दा व्यक्तिगत प्रतिष्ठाका लागि उद्योग बाणिज्य संघको निर्वाचन खर्चिलो बनाउने प्रवृत्ति हावि भएको व्यवसायीहरुको भनाई छ । दुई प्यानलको घोषणा कार्यक्रममा मात्रै २ हजार जना भन्दा बढिले भोज खनाएका थिए । ‘त्यो भोजको प्रति प्लेटको ५ सय रुपैंया राख्दा पनि १० लाख रूपैयाँ भन्दा खर्च भएको देखिन्छ’ एक व्यवसायीले भने ।
संसदीय चुनावमा झैं कलाकार ल्याएर मनोरञ्जनात्मक कार्यक्रम गर्नेदेखि होटलमा बेलुका चल्ने खानपिनले अहिले उद्योग बाणिज्य संघको चुनावले सकारात्मक भन्दा पनि नकारात्मक सन्देश दिईरहेको व्यवसायीहरुको भनाई छ । ‘संसदीय चुनावकै सिको भयो व्यवसायीको चुनावमा, यस्तै तडकभडक बढ्दै जाने हो भने खर्च गर्न नसक्ने व्यवसायीले चुनाव उठ्नै नसक्ने अवस्था हुने भएको छ ’ एक व्यवसायीले भने । उनले यसबारे उद्योग बाणिज्य संघले आगामी दिनमा निर्वाचन आचारसंहिता बनाई मितव्ययी ढंगले निर्वाचन हुने वातावरण बनाउनु जरुरी देखिन्छ ।
अहिलेको खर्चको प्रवृत्ति हेर्दा मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचनका अध्यक्षका उम्मेदवारले कम्तीमा २५ देखि ३० लाख खर्च गर्नुपर्ने अवस्था देखिएको व्यवसायीहरु बताउँछन् । प्यानलमा रहेका अन्य उम्मेदवारहरुले पनि आफ्नो र प्यानलको पक्षमा मत ल्याउन खर्च गरिरहेको देखिन्छ । मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचनमा प्रचारप्रसार, खानपिन, भेटघाट लगायत गरी करिब ३ देखि ४ करोड कारोबार हुने व्यवसायीको अनुमान छ । यो दर बर्षेनी बढ्न नदिन बेलैमा नरोक्ने हो भने उद्योग बाणिज्य संघमा व्यवसायिक हितका लागि आवाज उठाउन भन्दा पनि खर्च गर्न सक्नेले आफ्नो व्यक्तिगत प्रतिष्ठा बनाउन जाने थलोको रुपमा विकास हुने चिन्ता व्यवसायीमा देखिएको छ ।

दुई प्यानलको रस्साकस्सी
मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचनमा दुई प्यानल रहेको छ । अध्यक्षमा अनिल अग्रवाल र प्रमोदसिंह रानाभाट प्यानल नै बनाएर चुनावी रस्साकस्सीमा छन् । आफ्नो पक्षमा मत परिणाम पार्न उनीहरुले आफ्नो व्यवसायी एजेण्डासहित मकवानपुरका विभिन्न क्षेत्रमा पुगी व्यवसायिहरुसंग भेटघाट गरिरहेका छन् । अनिल अग्रवालको प्यानलमा बाणिज्य उपाध्यक्षमा राजु अधिकारी, उद्योग उपाध्यक्षमा रविन्द्रप्रसाद घिमिरे, एशोसियट उपाध्यक्षमा विष्णु खनाल र बस्तुगत उपाध्यक्षमा काव्यमणि अधिकारी छन् । त्यस्तै, महासचिवमा विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी, सहकोषाध्यक्षमा राधिका सामरी पाण्डे, बाणिज्य सचिवमा दिवस पराजुली, बस्तुगत सचिवमा नेत्रप्रसाद खतिवडा लगायत छन् ।
प्रमोदसिंह रानाभाटको प्यानलमा बाणिज्य उपाध्यक्षमा रामप्रसाद न्यौपाने, उद्योग उपाध्यक्षमा दिपक उप्रेति, एशोसियट उपाध्यक्षमा उज्वल चौलागाई र बस्तुगत उपाध्यक्षमा प्रदिप अर्याल छन् । त्यस्तै, महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सहकोषाध्यक्षमा निलम बैद्य, बाणिज्य सचिवमा कुलप्रसाद चौलागाई, उद्योग सचिवमा रुपकराज दाहाल, एशोसियट सचिवमा माधव ज्ञवाली, बस्तुगत सचिवमा राजाराम कार्की लगायत छन् ।
यसपटक उद्योग बाणिज्य संघमा करिब २०९२ मतदाताले मतदान गर्नेछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार