Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

टेलरिङ्ग व्यवसायबाट उदाएकी मेनकाको उम्मेदवारी

Screenshot_20250110_06301-1736469923.jpg

२६ पुस, हेटौंडा। हेटौंडामा यतिबेला मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनले माहोल तातेको छ। यसै क्रममा हेटौंडामा रहेर विगत १ दशदेखि  टेलरिङ्ग व्यवसाय गर्दै आएकी हेटौंडा ५ निवासी युवा व्यावसायी मेनका श्रेष्ठले मकवानपुर उद्योग बाणिज्य संघको उद्योगतर्फ महिला आरक्षण सदस्य पदमा मनोनयन दर्ता गराएकी छिन् ।

श्रेष्ठले २०६३ देखि विभिन्न संघ सस्थाको सहकार्यमा टेलरिङ तालिम सञ्चालन गर्दै आउरहेकी छिन् ।  २०६९ सालदेखि जय प्रकृति सिलाई  प्रशिक्षण केन्द्र  सन्चालन गर्दै आएकी उधमी श्रेष्ठले महिला समुहसँग मिलेर खोलिएको हेटौंडा गर्मेण्ट उधोगको अध्यक्ष भएर गार्मेण्ट उधोग  सञ्चालन गर्दै २५ जनालाई प्रत्यक्ष र थप ७ जना लाई अप्रत्यक्ष रोजगार सृजना गरि आर्थिक बिकासमा टेवा पुर्याउदै आएकी छिन्। 
२०७२ देखि उधोग बाणिज्य संघ मकवानपुरको सदस्याता लिदै उधोग वाणिज्य संघको महिला उद्यमी समितिमा रहेर काम गरिसक्नु भएकी श्रेष्ठ विशेष गरि सिटिइभिटीको प्रशिक्षक एवं  परीक्षा निरीक्षक भएर काम गर्दै आएकी छिन् । स्काउट लगाएत सामाजिक संघसस्थाहरुको नेतृत्व लिएर  काम गर्नुभएकी श्रेष्ठ नेपाल उधोग बाणिज्य महासंघ  बागमती प्रदेश महिला समितिको सह संयोजकको जिम्मेवारी निर्वाह गरेको अनुभव समेत भएकोले उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी रहेको बताइन्। ’नेवारी समुदायको संस्था नेवा: गुठी खल: मकवानपुरको जिल्ला उपाध्यक्षको भूमिकामा रहनुभएकी श्रेष्ठले व्यवसायीका पेशागत सुरक्षा र महिला उद्यमीहरुलाई  विशेष तालीम र प्रशिक्षण दिदै महिलालाई उधमी बनाउदै आर्थिक समृद्धिमा ब्यवसायीलाई जोड्न पहल गर्ने बताइन् । उनी अनिल अग्रवालको टिमबाट चुनावी प्रतिस्पर्धामा होमिएकी हुन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार