बिहीबार बसेको गाउँसभा
♦सुनिल शिवाकोटी
२६ पुस, हेटौंडा। मकवानपुरको विकट मानिएको र ५० प्रतिशत भन्दा बढी चेपाङ समुदायको बसोवास रहेको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरिएको छ।बिहीबार गाउँपालिका केन्द्र चैनपुरमा बसेको गाउँपालिकाको १७ औं गाउँसभाले वडा नम्बर–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन्।
गाउँसभाकाे बैठकमा कार्यपालिका सदस्य हबिल प्रजाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र घाेषणासम्बन्धी प्रस्तावमा कार्यपालिका सदस्य रामबहादुर प्रजाले समर्थन जनाएका थिए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उक्त प्रस्ताव सभामा निर्णायार्थ प्रस्तुत गरेकाेमा सर्वसम्मतले पारित भएकाे हाे ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार नेपालको संविधान (२०७२) को धारा (४२) ले गरेको व्यवस्था अनुुसार अल्पसंख्य सिमान्तकृत नागरिकको संरक्षण, उत्थान तथा सशक्तिकरण र विकासको व्यवस्था गरे अनुसार उक्त निर्णय गरिएको हो । सामाजिक सांस्कृति संरक्षण तथा आर्थिक विकासका विशेष संरक्षित क्षेत्र कायम गरिने व्यवस्था भएअनुसार वडा नम्बर–७ लाई चेपाङ संस्कृति वा पर्यटकिय क्षेत्र घोषण गरिएको जनाइएको छ ।
"चेपाङ समुदायको बाहुल्यता रहेकोले उनीहरूको आर्थिक, सामाजिक र सांस्कृति मार्फत पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र नामाकरण गर्ने निर्णय गरिएको हो" -अध्यक्ष मल्लले बताएका छन्।
आफु निर्वाचित भएर गाउँपालिकाको अध्यक्ष बनेपछि बसेको २०७४ को पहिलो निर्णयमा नै सो वडालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गरेपनि कार्यान्वयन नभएपछि नेपालको संविधान (२०७२) को धारा (४२) ले गरेको व्यवस्था अनुुसार अल्पसंख्य सिमान्तकृत नागरिकको संरक्षण, उत्थान तथा सशक्तिकरण र विकासको व्यवस्था गरे अनुसार उक्त निर्णय गरिएको बताएका छन्। अब उक्त निर्णय कार्यान्वयको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा नै विषेश कार्यक्रम मार्फत् बजेट व्यवस्था गर्ने अध्यक्ष मल्लले भने।
बिहीबारको गाउँसभाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम संशोधन गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ भने विनियोजन ऐन, २०८१ माथिको संशोधन सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ । गाउँसभाले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदन गरेको छ भने न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलाप कर्ताहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । गाउँसभाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन नतिजा, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित गरेको छ । गाउँपालिकाले बिहीबार १७ औ हिउँदे अधिवेशन सम्पन्न गरेको छ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















