२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्।
आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नजिता अनुसार १०१४ मत प्राप्त गर्दै रानाभाट अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी अनिल कुमार अग्रवालले ७६५ मत मात्र प्राप्त गरेका छन्।
त्यसैगरी महासचिवमा उनकै प्यानलकी प्रतिमा श्रेष्ठ निर्वाचित भएकी छिन्। प्रतिमाले १०१२ मत प्राप्त गर्दा प्रतिस्पर्धी विकेशलाल श्रेष्ठले ७१३ मत प्राप्त गर्दै पराजित भएका छन्। कोषाध्यक्षमा अग्रवाल प्यानलका तेजराज अधिकारी निर्वाचित भएका छन्। उनले ९१७ मत प्राप्त गर्दा रानाभाट प्यानलका श्रीकृष्ण कर्माचार्यले ८०१ मत प्राप्त गरेका छन्। यता सह कोषाध्यक्षमा निलम बैद्य विजयी भएकी छिन् भने ९१६ मत प्राप्त गर्दै राधिका सामरी पाण्डे ७८६ पराजित भएकी छिन्।
त्यसैगरी उद्योग तर्फको उपाध्यक्षमा दिपक उप्रेती निर्वाचित भएका छन्। उप्रेतीले २७२ मत ल्याउदा रवीन्द्र प्रसाद घिमिरेले २४० मत मात्र प्राप्त गरेका छन्। उद्योग तर्फको सदस्यहरुमा क्रमश कृष्ण गोपाल महर्जन (२८८), जगदिश दाहाल (२७३), भूपेन्द्र प्रसाद अधिकारी (३०७) र महिला सदस्यमा सीतादेवी भेटवाल (२९५) मतसहित विजयी भएका छन्।
यता बाणिज्यतर्फ राजु अधिकारी ५९९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी राम प्रसाद न्यौपानेले ४८४ मत प्राप्त गरेका छन्। वाणिज्य सचिवमा कुल प्रसाद चौलागाईं ६८४ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी दिवस पराजुलीका ४११ मात्र आएको थियो।
यता वाणिज्य सदस्यमा बाल कृष्ण बजगाइ (६४६), सन्तोष घिमिरे (६१६), विष्णु प्रसाद दाहाल (५६०), राजेन्द्र लामिछाने (५५०) मत प्राप्त गरी निर्वाचित भएका छन्।
मकवानपुर उद्योग वाणिज्य संघको आज भएको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी निर्वाचित भएका छन्। उनले १५ मत ल्याउदा अर्का उमेदवार प्रदीप अर्यालले ११ मत ल्याएका छन्। वस्तुत तर्फ १२ मत प्राप्त गरी शम्भु पुडासैनी सदस्यमा निर्वाचित भएका छन्।
त्यसैगरी एशोसियट उपाध्यक्षमा उज्जवल चौलागाई निर्वाचित भएका छन्। उनले ४८ मत ल्याउदा अर्का उम्मेदवार विष्णु खनालले ३३ मत प्राप्त गरेका छन्। त्यसैगरी एशोसियट सदस्यमा ६४ मत सहित नवराज खतिवडा र ५४ मत सहित अंकिता सुमार्गी निर्वाचित भएको जनाइएको छ।
२ हजार ४५ मतदात रहेकोमा १८१६ मात्र मत खसेको हो। निर्वाचनमा बाणिज्यतर्फ ११५४, उद्योगतर्फ ५५५, एशोसियट ८१, बस्तुगत २६ गरी कुल खसेको मत १८१६ मत खसेको थियो।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









