२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्।
आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नजिता अनुसार १०१४ मत प्राप्त गर्दै रानाभाट अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी अनिल कुमार अग्रवालले ७६५ मत मात्र प्राप्त गरेका छन्।
त्यसैगरी महासचिवमा उनकै प्यानलकी प्रतिमा श्रेष्ठ निर्वाचित भएकी छिन्। प्रतिमाले १०१२ मत प्राप्त गर्दा प्रतिस्पर्धी विकेशलाल श्रेष्ठले ७१३ मत प्राप्त गर्दै पराजित भएका छन्। कोषाध्यक्षमा अग्रवाल प्यानलका तेजराज अधिकारी निर्वाचित भएका छन्। उनले ९१७ मत प्राप्त गर्दा रानाभाट प्यानलका श्रीकृष्ण कर्माचार्यले ८०१ मत प्राप्त गरेका छन्। यता सह कोषाध्यक्षमा निलम बैद्य विजयी भएकी छिन् भने ९१६ मत प्राप्त गर्दै राधिका सामरी पाण्डे ७८६ पराजित भएकी छिन्।
त्यसैगरी उद्योग तर्फको उपाध्यक्षमा दिपक उप्रेती निर्वाचित भएका छन्। उप्रेतीले २७२ मत ल्याउदा रवीन्द्र प्रसाद घिमिरेले २४० मत मात्र प्राप्त गरेका छन्। उद्योग तर्फको सदस्यहरुमा क्रमश कृष्ण गोपाल महर्जन (२८८), जगदिश दाहाल (२७३), भूपेन्द्र प्रसाद अधिकारी (३०७) र महिला सदस्यमा सीतादेवी भेटवाल (२९५) मतसहित विजयी भएका छन्।
यता बाणिज्यतर्फ राजु अधिकारी ५९९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी राम प्रसाद न्यौपानेले ४८४ मत प्राप्त गरेका छन्। वाणिज्य सचिवमा कुल प्रसाद चौलागाईं ६८४ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी दिवस पराजुलीका ४११ मात्र आएको थियो।
यता वाणिज्य सदस्यमा बाल कृष्ण बजगाइ (६४६), सन्तोष घिमिरे (६१६), विष्णु प्रसाद दाहाल (५६०), राजेन्द्र लामिछाने (५५०) मत प्राप्त गरी निर्वाचित भएका छन्।
मकवानपुर उद्योग वाणिज्य संघको आज भएको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी निर्वाचित भएका छन्। उनले १५ मत ल्याउदा अर्का उमेदवार प्रदीप अर्यालले ११ मत ल्याएका छन्। वस्तुत तर्फ १२ मत प्राप्त गरी शम्भु पुडासैनी सदस्यमा निर्वाचित भएका छन्।
त्यसैगरी एशोसियट उपाध्यक्षमा उज्जवल चौलागाई निर्वाचित भएका छन्। उनले ४८ मत ल्याउदा अर्का उम्मेदवार विष्णु खनालले ३३ मत प्राप्त गरेका छन्। त्यसैगरी एशोसियट सदस्यमा ६४ मत सहित नवराज खतिवडा र ५४ मत सहित अंकिता सुमार्गी निर्वाचित भएको जनाइएको छ।
२ हजार ४५ मतदात रहेकोमा १८१६ मात्र मत खसेको हो। निर्वाचनमा बाणिज्यतर्फ ११५४, उद्योगतर्फ ५५५, एशोसियट ८१, बस्तुगत २६ गरी कुल खसेको मत १८१६ मत खसेको थियो।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















