२४ माघ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा आएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले नेपालको शिक्षा प्रणाली सुधारका लागि कानुनी तथा नीतिगत व्यवस्थाहरूको समीक्षा गरेको छ। बिहीबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रम मार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले नेपालको शिक्षा प्रणाली सुधारका लागि कानुनी तथा नीतिगत व्यवस्थाहरूको समीक्षा गरेको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक हरि प्रसाद अर्यालले अनिवार्य तथा निःशुल्क शिक्षाका नियमावली, विद्यालय संख्याको विवरण, स्कुल म्यापिङ, विद्यालय गाभ्ने (मर्जिङ) प्रक्रिया, तथा स्थानीय तहमा शिक्षा नीति कार्यान्वयनका बारेमा सहजीकरण गरेका थिए। पत्रकार भेटघाटमा अनिवार्य तथा निःशुल्क शिक्षाका नियमावली, विद्यालय संख्याको विवरण, स्कुल म्यापिङ, विद्यालय गाभ्ने (मर्जिङ) प्रक्रिया, तथा स्थानीय तहमा शिक्षा नीति कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।
भेटघाट कार्यक्रममा हेटौडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका निमित्त प्रमुख हरिश्चन्द्र सापकोटाले महाशाखाबाट हुदै आएको काम कारबाहीको बारेमा जानकारी गराएका थिए भने शिक्षा विकास समन्व्य इकाई मकवानपुरका प्रमुख सुदिप गिरीले समन्वय इकाईबाट हुदै आएको कार्य सम्पादनका बारेमा जानकारी गराएका थिए।
त्यसैगरी कार्यक्रममा राष्टि्य परिक्षा वोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरेले परीक्षा प्रणालीबारे जानकारी दिदै शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन राज्यको चौथो अंग पत्रकारिताको भूमिका महत्वपूर्ण रहने बताएका छन्। कार्यक्रममा सिद्धार्थ मावि हेटौंडाका प्रधानाध्यापक परमानन्द सरोज कर्ण सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









