२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ ।
शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतित्थ्यता र शिक्षक संघ बागमती प्रदेशका अध्यक्ष दिपक सिम्खडाको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काफ्लेले शिक्षकहरुका वषौदेखि चेपुवामा परेको र नयाँ ऐन जारी भएसंगै शिक्षकको समस्याले निचोड पाउने बताएका छन्।
उक्त अवसरमा संघका सचिब श्रीराम लुइँटेलले संघको प्रगति प्रतिवेदन र सचिब अर्थ धन बहादुर लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाली कांंग्रेस मकवानपुरका पूर्व सभापति तथा संगठन विभाग प्रमुख माइकल रामचन्द्र अर्याल, पूर्व सभापति रघुरमण न्यौपाने,नेपाल शिक्षक संघका केन्द्रीय सदस्य रामकुमार अधिकारी, काँग्रेस मकवानपुरका प्रवक्ता अर्जुन प्रसाद चौलागाईं, शिक्षक संघका बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला,दिपेन्द्र रेग्मी, काँग्रेस मकवानपुर जिल्ला सदस्य तथा शिक्षा विज्ञान तथा प्रविधि विभाग संयोजक माधव प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा मकवानपुरका दश वटै स्थानीय तह अन्तर्गत शिक्षक संघका पदाधिकारीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो।
कार्यक्रममा उत्कृष्ट स्थानीय तह तर्फ नेपाल शिक्षक सङ्घ, बकैया गाउँ कार्यसमिति, उत्कृष्ट प्रधानाध्यापक तर्फ, राजेन्द्र थापा, श्री भानु माध्यमिक विद्यालय, मकवानपुरगढी–३, तुल बहादुर सुनार,श्री प्रजा आधारभूत विद्यालय, मनहरी–३,घडलाल स्याङ्तान, श्री सुनाचुरी चुरेडाँडा प्राथमिक विद्यालय, राक्सिराङ –५,त्यसैगरी उत्कृष्ट बिद्यालय तर्फ श्री पञ्चकन्या माध्यमिक विद्यालय, इपा, भीमफेदी–८, श्री कालिका आधारभूत विद्यालय, हेटौंडा–१, श्री गिता आधारभूत विद्यालय, भोर्लेनी, बागमती–५ र संघ प्रवेश शिक्षकहरू सम्मानित गरिएको थियो।
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















