२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ ।
शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतित्थ्यता र शिक्षक संघ बागमती प्रदेशका अध्यक्ष दिपक सिम्खडाको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काफ्लेले शिक्षकहरुका वषौदेखि चेपुवामा परेको र नयाँ ऐन जारी भएसंगै शिक्षकको समस्याले निचोड पाउने बताएका छन्।
उक्त अवसरमा संघका सचिब श्रीराम लुइँटेलले संघको प्रगति प्रतिवेदन र सचिब अर्थ धन बहादुर लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेपाली कांंग्रेस मकवानपुरका पूर्व सभापति तथा संगठन विभाग प्रमुख माइकल रामचन्द्र अर्याल, पूर्व सभापति रघुरमण न्यौपाने,नेपाल शिक्षक संघका केन्द्रीय सदस्य रामकुमार अधिकारी, काँग्रेस मकवानपुरका प्रवक्ता अर्जुन प्रसाद चौलागाईं, शिक्षक संघका बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला,दिपेन्द्र रेग्मी, काँग्रेस मकवानपुर जिल्ला सदस्य तथा शिक्षा विज्ञान तथा प्रविधि विभाग संयोजक माधव प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा मकवानपुरका दश वटै स्थानीय तह अन्तर्गत शिक्षक संघका पदाधिकारीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो।
कार्यक्रममा उत्कृष्ट स्थानीय तह तर्फ नेपाल शिक्षक सङ्घ, बकैया गाउँ कार्यसमिति, उत्कृष्ट प्रधानाध्यापक तर्फ, राजेन्द्र थापा, श्री भानु माध्यमिक विद्यालय, मकवानपुरगढी–३, तुल बहादुर सुनार,श्री प्रजा आधारभूत विद्यालय, मनहरी–३,घडलाल स्याङ्तान, श्री सुनाचुरी चुरेडाँडा प्राथमिक विद्यालय, राक्सिराङ –५,त्यसैगरी उत्कृष्ट बिद्यालय तर्फ श्री पञ्चकन्या माध्यमिक विद्यालय, इपा, भीमफेदी–८, श्री कालिका आधारभूत विद्यालय, हेटौंडा–१, श्री गिता आधारभूत विद्यालय, भोर्लेनी, बागमती–५ र संघ प्रवेश शिक्षकहरू सम्मानित गरिएको थियो।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









