Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

फागुन १ गते हेटौंडालाई बालमैत्री घोषणा गरिने

Screenshot_20250211_19453-1739282638.jpg

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख लामा

२९ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई आगामी फागुन १ गते बालमैत्री घोषणा गरिने भएको छ।मंगलवार उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडाकी प्रमुख मीनाकुमारी लामाले आगामी फागुन १ गते हेटौंडालाई बालमैत्री घोषणा लागिएको जानकारी दिएकी हुन्। 

"बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नाराका विभिन्न सूचक पूरा गरेसँगै स्थापना दिवसको अवसर पारेर हेटौंडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न लागेको जानकारी दिइन्। पत्रकार सम्मेलनमा हेटौंडालाई नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा बालमैत्री घोषणा गरिने जनाइएको हो। 

नगर प्रमुख लामाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले हेटौंडाको १९ वटै वडा बालमैत्री घोषित भइसकेकोले फागुन १ गते   बालमैत्री घोषणा गर्न लागेको जनाएकी थिइन्।
बालमैत्री घोषणा गर्न आवश्यक बालमैत्री स्थानीय शासनका ५१ सूचकहरुमा हेटौंडा उपमहानगरपालिकाले ४३ वटा सूचकमा सय प्रतिशत, एउटा सूचनकमा ९९ दशमलव ९४ प्रतिशत, एउटा सूचकमा ९९ दशमलव ८९ प्रतिशत, एउटा सूचकमा ९९ दशमलव ८७ प्रतिशत, एउटा सूचकमा ९९ प्रतिशत, एउटा सूचकमा ९८ दशमलव ६३ प्रतिशत, एउटा सूचकमा ९६ दशमलव ८४ प्रतिशत, एउटा सूचकमा ९१ प्रतिशत र एउटा सूचक ८८ दशमलव ०६ प्रतिशत नजिता हाँसिल भएको उनले जानकारी दिइन् । फागुन १ गते उपमहानगरपालिकाले स्थापना दिवसको अवसर पारेर उक्त घोषणा कार्यक्रम गर्न लागिएको हो। उक्त घोषणाका लागि उपमहानगरपालिकाले मंगलबार एक सुचना प्रकाशित गर्दै बाल क्लब, टोल विकास संस्था, सामुदायिक र संस्थागत विद्यालय, वडा कार्यालय, स्थानीय क्लब, जनप्रतिनिधि र नगरवासिलाई घोषणा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । हेटौंडाको बुद्धचोकबाट बाजागाजा र र्याली सहित हेटौंडा ५ क्याम्पाचौरमा हेटौंडालाई बालमैत्री स्थानीय तह घोषणा गरिने छ।

FB_IMG_1739264625517-1739283055.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार