Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कुरिती हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण :उपप्रधानमन्त्री सिंह

Screenshot_20250213_16580-1739445413.jpg

१ फागुन, हेटौंडा।  उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा देखिएका कुरिती हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताएका छन्।

बिहीबार हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री सिंहले समाजमा व्याप्त कुरीति हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहने र हेटौंडा उपमहानगरपालिकाले सो कार्यको सुरुवात गरि बालमैत्री घोषित हुन सफल भएको बताएका हुन्। 
कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री  सिंहले  स्थानीय तहका सम्भावनाहरू  पहिचान गरि विकास आयोजनाहरू व्यवस्थित ढङ्गबाट गर्नुपर्ने उल्लेख गरेका छन्।
उनले बालमैत्री घोषणा र यस्ता रचनात्मक गतिविधिले हेटौंडा महानगरपालिका परिणत हुन संभावनालाई प्रत्याभूति दिलाउन सफल रहेको बताए। मन्त्री सिंहले स्थानीय तह, प्रदेश र सङ्घ सरकारले बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्न लाग्नुपर्ने कुरामा जोड दिएका थिए।उपमहानगरपालिको काम सरसफाइ मात्र होइन, अहिले युवाको, जनताको धेरै माग छ, सो मागलाई सम्बोधन गर्ने काम पनि उपमहानगरको हो "। - मन्त्री सिंहले भने। 
उनले हेटौँडा अहिले व्यवस्थित सहरको रूपमा विकास भइरहेको समेत बताएका छन्। हेटौंडाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ सहित जनप्रतिनिधि, विद्यार्थी, क्लब, संघ संस्थाको प्रतिनिधिहरुको सहभागितामा नगरको विभिन्न स्थानबाट भएको र्याली तथा प्रभातफेरी  हेटौंडा ५ क्याम्पाचौरमा पुगेर बाल मैत्री घोषणा कार्यक्रम परिणत भएको थियो। हेटौंडा उपमहानगरपालिका मकवानपुरको बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह हुने ४ नम्बरको स्थानीय तह हो। यस अघि मकवानपुरका मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा भइसकेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

थप समाचार