समातिएको गोरु
सुनिल शिवाकोटी
५ फागुन, हेटौंडा । आइतबार साँझ गोरु बोकेको ट्रक बिना सोधपुछ हेटौंडा १५ रातोमाटे हुदै बाराको पथलैया पुगेको घटमा विवादमा परेको मकवानपुर प्रहरीले रोतोमाटेका प्रहरी इन्चार्जसँग स्पष्टिकरण सोधेको छ । रातोमाटे इन्चार्ज कुमार फुयाँलसँग घटनाको बारेमा सोधपुछ गरिएको प्रहरी स्रोतले जनायो ।
आइतबार साँझ मकवानपुर प्रहरीले असहयोग गरेको भन्दै हेटौंडा–१५ रातोमाटे चौकीबाट उम्केको अवैध रुपमा गोरु लोड भएको ट्रक बाराको पथलैयाबाट नियन्त्रणमा लिइएको थियो । उक्त ट्रकलाई मकवानपुर प्रहरीले पक्राउ गर्न असहयोग गरेको र सशस्त्र प्रहरी बल पथलैयाको टोलीले नियन्त्रणमा लिन सफल भएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले आरोप लगाएका छन् ।
यस घटनापछि बिवादमा परेको मकवानपुर प्रहरीले रातोमाटे प्रहरी चौकीमा इन्चार्ज फुयालसहित सो समयमा ड्युटीमा रहेका प्रहरीहरूलाई जिल्लामा बोलाई सोधफुछ सुरु गरिएको मकवानपुर प्रहरी प्रमुख एसपी विश्व खड्काले बताएका छन् ।
यता पशु सेवा कार्यालय प्रमुख ठाकुरले मकवानपुर प्रहरीले गरेको असहयोगले अवैध गोरु बोकेको ट्रक बाराको पथलैयाबाट नियन्त्रणमा लिएको सोमबार बिहान पत्रकार सम्मेलन गरेर बताएका थिए । मकवानपुर प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार गरेर २५ अवैध गोरु बोकेको बागमती प्र.३–००१ ख १४२४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको ठाकुरले बताएका छन् ।
आइतबार दिउँसो विशेष सूचनाका आधारमा कार्यालय प्रमुख ठाकुर गोरु सहितको ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए । उनी सरकारी मोटरसाइकलमा राजमार्ग भन्दा फरक बाटो भएर रातोमाटे चौकीमा पुगे । त्यहाँ पुग्दा ट्रक रोकेको देखेपछि प्रमख ठाकुरले प्रहरीलाई जानकारी गराएर र ट्रक नियन्त्रणमा लिन आग्रह गरे । तर, प्रहरीले ट्रक नियन्त्रणमा लिएन ।
चितवन हुँदै हेटौंडा आएको ट्रक नियन्त्रणमा लिन आफूले चौकीका इन्चार्ज कुमार फुयाललाई भनेको तर प्रहरीले उल्टो स्कर्टिङ गरेरे नाका कटाएको आरोप लगाए ।यस विषयमा मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक विश्वराज खड्कालाई जानकारी गराउदा समेत वास्ता नगरिएको प्रमुख ठाकुरको भनाई छ ।
पछि रातोमाटे चौकीबाट ट्रक पथलैया तर्फ गएपछि प्रमुख ठाकुर पनि ट्रकको पछि पछि लागे । जनपथ प्रहरी र प्रशासनबाट सहयोग नपाएका प्रमुख ठाकुरले सशस्त्रको सहयोग लिए । सशस्त्र प्रहरी १४ नम्बर हेडक्वाटरका प्रमुख प्रहरी उपरिक्षक सन्तोष विक्रम शाहसंगको समन्वयमा पथलैया स्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको प्रमुख ठाकुरको भनाई छ ।
घटनाका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख ब्रज किशोर ठाकुरले स्थानीय प्रहरीको असहयोगका कारण गोरु सहितको ट्रकले जिल्लाको नाका पार गरेको आरोप लगाएका हुन् ।
उनले प्रहरीले नै मोटरसाइकलबाट स्कर्टिङ गरेर ट्रकलाई मकवानपुरको सीमा पार गराएको दाबी गरेका हुन्। केही महिना सेलाएको गोरु काण्डले मकवानपुर प्रहरीको नेतृत्व माथि प्रश्न उठाएको छ । रातोमाटे चौकीबाट करिब २ किलो मिटरको दुरीमा प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय पशुपतिनगर रहेको छ ।
यता पत्रकार सम्मेलन ठाकुरले गोरु ओसारपसारका लागि आवश्यक भेटेरिनरी प्रमाणपत्र नक्कली भेटिएको र प्राप्त प्रमाणपत्रमा आबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्स, हेटौँडा १६ मार्फत झापाको हेमादेवी सप्लायर्स लाई गोरु विक्री गरेको उल्लेख गरिएको छ ।
घटनाबारे जानकारी गराउँदै ठाकुर
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













