Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा गोरु काण्डः तस्कर पक्रन प्रहरीको असहयोग, रातोमाटेका चौकी इन्चार्जसँग सोधपुछ

Screenshot_20250217_17404-1739793436.jpg

समातिएको गोरु

सुनिल शिवाकोटी 
५ फागुन, हेटौंडा । आइतबार साँझ गोरु बोकेको ट्रक बिना सोधपुछ हेटौंडा १५ रातोमाटे हुदै बाराको पथलैया पुगेको घटमा विवादमा परेको मकवानपुर प्रहरीले रोतोमाटेका प्रहरी इन्चार्जसँग स्पष्टिकरण सोधेको छ । रातोमाटे इन्चार्ज कुमार फुयाँलसँग घटनाको बारेमा सोधपुछ गरिएको प्रहरी स्रोतले जनायो ।
आइतबार साँझ मकवानपुर प्रहरीले असहयोग गरेको भन्दै हेटौंडा–१५ रातोमाटे चौकीबाट उम्केको अवैध रुपमा गोरु लोड भएको ट्रक बाराको पथलैयाबाट नियन्त्रणमा लिइएको थियो । उक्त ट्रकलाई मकवानपुर प्रहरीले पक्राउ गर्न असहयोग गरेको र सशस्त्र प्रहरी बल पथलैयाको टोलीले नियन्त्रणमा लिन सफल भएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले आरोप लगाएका छन् । 
यस घटनापछि बिवादमा परेको मकवानपुर प्रहरीले रातोमाटे प्रहरी चौकीमा इन्चार्ज फुयालसहित सो समयमा ड्युटीमा रहेका प्रहरीहरूलाई जिल्लामा बोलाई सोधफुछ सुरु गरिएको  मकवानपुर प्रहरी प्रमुख एसपी विश्व खड्काले बताएका छन् । 
यता पशु सेवा कार्यालय प्रमुख ठाकुरले मकवानपुर प्रहरीले गरेको असहयोगले अवैध गोरु बोकेको ट्रक बाराको पथलैयाबाट नियन्त्रणमा लिएको सोमबार बिहान पत्रकार सम्मेलन गरेर बताएका थिए । मकवानपुर प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार गरेर २५ अवैध गोरु बोकेको बागमती प्र.३–००१ ख १४२४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको ठाकुरले बताएका छन् । 
आइतबार दिउँसो विशेष सूचनाका आधारमा कार्यालय प्रमुख ठाकुर गोरु सहितको ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए । उनी सरकारी मोटरसाइकलमा राजमार्ग भन्दा फरक बाटो भएर रातोमाटे चौकीमा पुगे । त्यहाँ पुग्दा ट्रक रोकेको देखेपछि प्रमख ठाकुरले प्रहरीलाई जानकारी गराएर र ट्रक नियन्त्रणमा लिन आग्रह गरे । तर, प्रहरीले ट्रक नियन्त्रणमा लिएन ।
चितवन हुँदै हेटौंडा आएको ट्रक नियन्त्रणमा लिन आफूले चौकीका इन्चार्ज कुमार फुयाललाई भनेको तर प्रहरीले उल्टो स्कर्टिङ गरेरे नाका कटाएको आरोप लगाए ।यस विषयमा मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक विश्वराज खड्कालाई जानकारी गराउदा समेत वास्ता नगरिएको प्रमुख ठाकुरको भनाई छ ।
पछि रातोमाटे चौकीबाट ट्रक पथलैया तर्फ गएपछि प्रमुख ठाकुर पनि ट्रकको पछि पछि लागे । जनपथ प्रहरी र प्रशासनबाट सहयोग नपाएका प्रमुख ठाकुरले सशस्त्रको सहयोग लिए । सशस्त्र प्रहरी १४ नम्बर हेडक्वाटरका प्रमुख प्रहरी उपरिक्षक सन्तोष विक्रम शाहसंगको समन्वयमा पथलैया स्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको प्रमुख ठाकुरको भनाई छ ।
घटनाका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख ब्रज किशोर ठाकुरले स्थानीय प्रहरीको असहयोगका कारण गोरु सहितको ट्रकले जिल्लाको नाका पार गरेको आरोप लगाएका हुन् । 
उनले प्रहरीले नै मोटरसाइकलबाट स्कर्टिङ गरेर ट्रकलाई मकवानपुरको सीमा पार गराएको दाबी गरेका हुन्। केही महिना सेलाएको गोरु काण्डले मकवानपुर प्रहरीको नेतृत्व माथि प्रश्न उठाएको छ । रातोमाटे चौकीबाट करिब २ किलो मिटरको दुरीमा प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय पशुपतिनगर रहेको छ ।
यता पत्रकार सम्मेलन ठाकुरले गोरु ओसारपसारका लागि आवश्यक भेटेरिनरी प्रमाणपत्र नक्कली भेटिएको र प्राप्त प्रमाणपत्रमा आबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्स, हेटौँडा १६ मार्फत झापाको हेमादेवी सप्लायर्स लाई गोरु विक्री गरेको उल्लेख गरिएको छ ।

Screenshot_20250217_17410-1739793436.jpg

घटनाबारे जानकारी गराउँदै ठाकुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार