Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा हुने व्यापार महोत्सवको उदघाटन गृहमन्त्रीले गर्ने, पहिलो दिन प्रवेश निःशुल्क

Screenshot_20250217_17263-1739794078.jpg

महोत्सव बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन

५ फागुन, हेटौंडा। फागुन ६ गतेबाट १८ गते सम्म हेटौंडा १० को टिसिएनचौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१को उदघाटन गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्। सोमबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपल कँडेलले यस बारे जानकारी गराएका हुन्। ६ फागुनदेखि १८ गते सम्म निर्माण व्यवसायी संघ मकवानपुरद्वारा आयोजित ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१’ को  उद्घाटन गृहमन्त्री लेखकले गर्ने महोत्सव प्रचार प्रसार संयोजक सुरज बर्तौलाले बताएका छन् ।
गृहमन्त्री लेखकले मंगलबार बिहान ११:३० बजे महोत्सव उद्घाटनको कार्यतालिका रहेको बर्तौलाले जनाएका छन्। महोत्सव उदघाटन पुर्व हेटौंडा ४ हुप्रचौरबाट शोभायात्रा सहित र्याली सुरु हुने र नगरको परिक्रमा गरी महोत्सव स्थलमा पुगेर टुङ्गिने शोभायात्रा समितिका संयोजक भवनाथ अधिकारीले जानकारी दिएका छन्। यता आयोजकले महोत्सवमा उद्घाटनको दिन आगन्तुकको लागी प्रवेश निःशुल्क रहेको जनाएको छ।७ गतेबाट महोत्सव प्रवेशमा विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको प्रचार प्रसार संयोजक बर्तौलाले जनाएका छन्। शिवम् सिमेन्टको डिस्ट्रिक्ट पार्टनर सिप रहको महोत्सवमा  ३ सय २५ वटा  स्टल बुकिङ भइसकेको  पत्रकार सम्मेलनमा जनाइएको छ । महोत्सव स्थल बेलुही झै सिङ्गारिएको छ। 
महोत्सवमा निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री, बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधि प्रदर्शनी तथा मनोरञ्जनात्मक बाल उद्यान, कृषि उत्पादनको प्रदर्शनी तथा कृषि प्रतियोगिता, दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, शैक्षिक, घरजग्गा, अटो तथा खाना महोत्वस, नविनतम उपकरणहरुको प्रदर्शनी तथा नयाँ, नौलो प्रबिधिको प्रदर्शनी र गायन प्रतियोगिता हेटौंडा आइडल लगायतको आकर्षणहरु रहेने बताइएको छ ।महोत्सव उद्घाटनका लागि गृहमन्त्री लेखक हेलिकोप्टर मार्फत हेटौंडा आउनेछन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार