Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

दिगो शान्ति र सुशासनका लागि अहिलेको समिकरण:गृहमन्त्री लेखक

Screenshot_20250218_17552-1739880765.jpg

६ फागुन, हेटौंडा। गृहमन्त्री रमेश लेखकले दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको कांग्रेस, एमालेको समीकरण निर्माण भएको बताएका छन्।
मंगलबारदेखि हेटौंडा १० टिसिएनचौरमा सुरु भएको दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१को उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा गृहमन्त्री लेखकले देशमा समृद्धि र सुशासन कायम गर्न कांग्रेस, एमालेको वर्तमान सत्ता समीकरण बनेको बताएका हुन्। 

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको प्रमुख उदेश्य संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई  सुदृढ गर्नु रहेको बताए।गृहमन्त्री लेखकले  आर्थिक गतिविधिहरुलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको समेत दावी गरे।

"अहिलेको सरकार बनेपछि  व्यवसायीहरुको भुक्तानी प्रक्रिया सुरु भइरहेको छ,अब सम्पूर्ण निर्माण व्यवसायीहरुले काम गरेपछि भुक्तानी नहोल भन्न परेन तपाईँहरु लगनशील भएर काम लाग्नुस" - मन्त्री लेखकले भने।उनले सरकार निर्माण व्यवसायीको समस्याप्रति गम्भीर रहेको उद्घोष गरेका थिए।

फागुन १८ गतेसम्म चल्ने महोत्सवमा ३२५ स्टल रहेको र महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ५० र सर्वसाधारणका लागि ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार