Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशमा राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

Screenshot_20250219_18053-1739967842.jpg

७ फागुन, हेटौंडा। मकवानपुरको कैलाश  बुधबारबाट पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ। कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको बुधबार एक समारोहका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उदघाटन गरेका छन् ।
स्थानीय भवानी माध्यमिक विद्यालयको खेल मैदानमा दुई दिन सञ्चालन चल्ने प्रतियोगितामा ६ वटा माध्यामिक विद्यालयले सहभागिता रहेको छ। 
कैलाश खेलकुद विकास  समितिका संयोजक मोहन वाईवाको सभाध्यक्षता भएको कार्यक्रममा  बोल्दै गाउँपालिका अध्यक्ष मोक्तानले स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ पहिलो पटक खेलकुद विकास समिति मार्फत प्रतियोगिता गरिएको बताएका हुन्। 
उनले विगतमा विद्यालयको व्यवस्थापनमा भइरहेको प्रतियोगिता ऐनमा उल्लेख भए बमोजिम यसवर्ष देखी भने समिति मार्फत प्रतियोगिता गरिएको जनाएको छन्।
कैलाशले मकवानपुर जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण एक, रजत तीन र कास्य दुई वटा पदक जित्न सफल भएको अध्यक्ष मोक्तानले जानकारी दिएका छन्।
उनले खेललाई मर्यादित र अनुशासित भएर खेल्न आग्रह गर्दै भौगोलिक विकटता रहेको कैलाशलाई शिक्षा र खेलकुद क्षेत्रको विकासमा वृद्धि गर्दै लगिरहेको बताए ।

उदघाटन कार्यक्रममा उनले आफ्नो टिमको सहकार्यमा यस वर्षबाट पहिलो पटक कैलाश गाउँपालिका १० नामटारमा रहेको कालिका माविलाई एसईइ परीक्षाको केन्द्र ल्याउन सफल भएको बताएका छन्। 

कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्लले विद्यालयबाटै खेलकुलको विकास गर्न सके राष्ट्रिय खेलाडी तयार हुन सहजता हुने बताए ।  । 
कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष देवलाल बल, पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर जोशी, भवानी माविका प्रअ बालचन्द्र मल्ललगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा भवानी माविका अध्यक्ष नमराज ओझा, प्रहरी चौकी भार्ताका प्रमुख धर्मदेव प्रसाद साह, प्रतियोगिताका रेफ्रि रमणकुमार झा र नन्नदलाल लामा, विभिन्न विद्यालयका प्रअ तथा विद्यालय अध्यक्षहरुको आतिथ्यता रहेको थियो । प्रतियोगितामा तीन विधाका खेल खेलाईने जनाइएको छ । भलिबल, मार्सल आर्ट र एथ्लेटिक्स खेलबीच प्रतिस्पर्धा रहने छ । एथ्लेटिक्समा एक सय, दुई सय, चार सय र आठ सय मिटरको दौड, हाइजम्प, लमजम्प, सर्टफुट लगायत अन्य खेल रहेका छन् भने छात्रतर्फ भलिबल र कालिका मावि र रत्नज्योति माविका विद्यार्थीबीच मार्सल आर्ट रहने समितिका सदस्य सचिव समेत रहनुभएका शिक्षा अधिकृत समीर जोशीले बताए । 
छनोट भएका विद्यार्थीलाई जिल्ला खेल्न पठाइनुका साथै पदकको आधारमा विद्यालयलाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रदान गरिने जोशीले बताए । प्रतियोगितामा कमलादेवी मावि कैलाश २, भवानी मावि कैलाश ३, व्यास मावि कैलाश ६, धुवाङ्ग मावि कैलाश ८, कालिका मावि कैलाश ९ र रत्नज्योति मावि कैलाश १० का विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको जोशीले बताए । विजेताहरुलाई विहीबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार