Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती सरकारको निर्णय:लदीमा माझि समुदायलाई सार्वजनिक बिदा

IMG_20240306_092752-1740123152.jpg

९ फागुन, हेटौंडा। बागमती प्रदेश सरकारले माझीहरुको पर्व लदीमा सार्वजनिक बिदा दिने निर्णय देखि कर्मचारी बढुवा र भगिनी सम्बन्ध स्थापनाका लागि संघिय सरकारलाई सिफारिस गर्ने र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णय गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा सहित बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो। शुक्रबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले फागुन २० गते  माझी समुदायको लदी (कोशी) पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बागमती प्रदेशमा माझी समुदायको बाक्लो उपस्थिति रहेकाले लदी (कोशी) पर्वका दिन सम्पूर्ण माझी समुदायलाई मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला  तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन् ।आज बसेको मन्त्रिपरिषदको बैठकले  दुई कर्मचारीको बढुवा तथा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । बैठकले संघीय सरकारबाट सरुवा भई आएका सहसचिव उदय रानामगरलाई पस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेशका सिनियर डिभिजनल इन्जिनियर नवीन सिंहलाई ११औँ तह (सचिव)मा पढुवा गर्ने निर्णय गरेको हो ।  सहसचिव रानालाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको सचिव पदमा कामकाजका लागि खटाउने निर्णय गरेको जनाइएको छ ।

यता पूर्वाधार विकास कार्यालय ललितपुरमा कार्यरत उपसचिवस्तरका सिनियर डिभिजन इन्जिनियर सिंहलाई कार्यसम्पादन तथा योग्याताको आधारमा ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले बताएका छन् ।

"मन्त्रीपरिषद्को बैठकले मण्डन देउपुर नगरपालिका र जापानको फुजी नोमिरा सहरबिच भगिनी सम्बन्ध स्थापनाका लागि सहमतिसहित संघीय सरकारमा सिफारिस गर्ने निर्णय गरिएको छ" - मन्त्री लामिछानेले भने ।त्यसैगरी बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णयका साथै उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको प्रविधि हस्तान्तरण कार्यविधि र तालिम सञ्चालसम्बन्धी कार्यविधि २०८१ स्वकीकृत गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्को बैठकले वनडढेलो सम्बन्धमा अस्ट्रेलियामा अध्ययन तथा अनुगमनका लागि प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केशव बरालको भ्रमण आदेश स्वीकृत दिने निर्णय पनि गरेको छ जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार