१३ फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका प्रारम्भिक बाल विकास(ईसिडी) शिक्षकहरुका लागि मन्टेश्वरी तालिम प्रदान गरिएको हो। चार दिने चल्ने मन्टेश्वरी तालिम मंगलबार उद्घाटन् भएको छ ।कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको तालिम कैलाश वडा नम्बर ९ मा अवस्थित कालिका माध्यामिक विद्यालयमा तालिम सञ्चालन भएको हो ।
तालिम उदघाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष ठकुरीले बालविकासका शिक्षकको कार्यक्षमतामा वृद्धि हुने ध्येयका साथ तालिम सञ्चालन गरिएको बताएका छन् । यो दोस्रो पटकको तालिम हो सिकेको सीपलाई कार्यान्वयन गर्न आग्रह गर्दै उनले सुरुवातको सिकाइ नै गाह्रो सिकाई हो, त्यसलाई आत्मसाथ गर्दै आइरहनु भएको अवस्थामा यहाँहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले बालविकास केन्द्रमा सेवा सुविधा कम भए पनि सेवारत रहने शिक्षकहरुको प्रशंशा गर्दै अनवरत रुपमा कामले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशीले बालविकास शिक्षकको वृद्धिविकास र पेशागत विकासका लागि तालिम सञ्चालन गरिएको बताए ।
विद्यालयकै आधारशीला बालविकास केन्द्र हो, बालमैत्री र सिकाईमैत्री वातावरणमा बालबालिकालाई अध्यापन गराउनु पर्ने शिक्षकहरुको दायित्व रहेको जोशीले बताए । १६ गते सम्म सञ्चालन हुने तालिममा ४० वटा बाल विकास केन्द्रका शिक्षकहरुको सहभागिता रहेको छ । चार दिने तालिमलाई प्रशिक्षकद्धय रजनी श्रेष्ठ र रश्मी श्रेष्ठले सहजीकरण गर्ने छन् । कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, प्रशिक्षकद्धय रजनी श्रेष्ठ र रश्मी श्रेष्ठ, शिक्षक स्रोत व्यक्ति धुव्रराज विष्ठ, प्राविधिक सहायक दीपेन्द्र अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

