Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर कैलाशको बैकुण्ठमा जीपलाइनको सफल परीक्षण

जीपलाईन चढ्नेका लागि उत्कृष्ट गन्तव्य बन्ने पक्का

Screenshot_20250301_17013-1740828010.jpg

♦सुनिल शिवाकोटी 

१७ फागुन, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले  कटिबंध भएर गरे के हुदैन भन्ने कुरालाई आफ्नै लगानीमा विकट र दुर्गम स्थानमा जीपलाईन निर्माण गर प्रमाणित गर्न सफल भएको छ। गाउँपालिकाको वडा नम्बर २ बैकुण्ठमा निर्मित कैलाश—बैकुण्ठ जीपलाइनको पहिलो चरणको परिक्षण सफल भएको छ ।

जीपलाइनका प्राविधिक टोली सहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, ईन्जिनियर अनिल जोशी लगायतको टोली पुगेर शनिबार पहिलो चरणको परीक्षण गरेको थियो ।स्थानीय तहले बजेट विनियोजन गरी  निर्माण भएको यो पहिलो जीपलाईन हो।
स्थानीय सरकार सञ्चालन ऐनको एकल अधिकार भित्र नपरेको अवस्थामा गाउँपालिका राष्ट्रिय महासंघका कार्य सम्पादन समितिका सदस्य समेत रहनुभएका कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पर्यटन पर्यावरणको प्रवद्र्धनमा यस खालका विकास स्थानीयतहको एकलअधिकार भित्र हुनुपर्छ भनी प्रस्ताव राखेका  थिए ।
आफ्नो यस भनाइमा संघीय सरकार पनि सकरात्मक भएपछि जीपलाइनको निर्माण कार्य सुरु गरिएको मोक्तानले जनाएका छन् ।
मेरो नेतृत्वको गाउँपालिका टिम कैलाश र बैकुण्ठका दुई पहाडलाई जोड्दै एक हजार दुई सय मिटर लामो जीपलाइ निर्माण गरेर असम्भव कुरालाई काम गरेर सम्भावना पार्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको देखाएको बताए। 
 "पर्यटन, पर्यावरणको विकासमा कैलाश गाउँपालिका पछि हटेको छैन्, यो जीपलाइन सञ्चालन पछि धादिङ जिल्लाको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका जीपलाइन पारखीलाई उत्कृष्ट गन्तव्यस्थल सावित हुनेछ" - अध्यक्ष मोक्तानले भने ।धादिङसँग सिमाना जोडिएकाले जीपलाइन स्थल पुग्न बेनीघाट, थाहानगर र मनहरी बजार तीनै क्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको छ। बैकुण्ठमा जीपलाइन सँगै विभिन्न पर्यटकीय पार्कहरु समेत निर्माण भइसकेका छन् ।
यता उक्त स्थानमा जीपलाइनका लागि फोरजी कम्पनीले आव २०७९\८० मा एक करोड ९० लाख ९७ हजार खर्च लाग्ने भनी सवक्षर्णे गरी गाउँपालिकामा प्रतिवेदन बुझाएको गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्र दत्तभट्टले बताएका छन्।
पालिकाले बहुवर्षिय योजना बनाई दुई स्थानमा स्टेशन, ब्रेकिङ सिस्टम(हारनेस) र तार निर्माण गरिएको उहाँले बताउनुभयो । ०८० माघमा ठेक्का प्रकाशित भएसँगै सन्ध्यानिर्माण सेवा सँग ८८ लाख ५६ हजार ७ सात६१ रुपैयाँमा ०८१ फागुन मसान्त सम्ममा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको प्रमुखभट्टले जनाएका छन्। जीपलाइन प्राविधिक एंव प्रशिक्षक बद्री घिमिरेले जीपलाईन चढेर परीक्षण गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार