Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिक्रे दोभान पुल निर्माणलाई प्राथमिकतामा राख्ने मूख्यमन्त्री र भौतिकमन्त्रीको प्रतिवद्धता

IMG_20250305_183824-1741186179.jpg

२१ फागुन, हेटौंडा । बागमती प्रदेशको काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्ने बागमती प्रदेशका मूख्य मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीले प्रतिवद्धता जनाएका छन् ।
काभ्रेको महाभारत गाउँपालिका, खानिखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको टोलीको ध्यानाकर्षण पत्र बुझ्दै मूख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले दुर्गम पालिका जोड्ने बागमती नदीको सिक्रे दोभान पुल निर्माणलाई प्राथमिकतामा राख्ने बताएका हुन् ।
८ वर्ष अगाडि नै जिल्ला विकास समिति मकवानपुरबाट महाविर/शिखर/तामाकोशी जेभीले ठेक्का पाएको बागमती नदीको सिक्रे दोभान पुल ठेक्का भए पनि हालसम्म निर्माण पूरा नभई अलपत्र परेको भन्दै ध्यानाकर्षण गराउन पुगेका जनप्रतिनिधिहरूलाई यस पुललाई चाँडो सम्पन्न हुने गरि प्रक्रिया अघि बढाउन मूख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई निर्देशन दिएका थिए । उनले विपदका कारण त्यस क्षेत्रमा भएको सडक सञ्जाल र अन्य पुलको समेत निर्माणमा तदारुकता दिने बताए ।
मन्त्री मास्कले आफुले प्रदेशका रूग्ण योजना पहिचान गरि निमार्णमा गति दिने काम गरिरहेको बताउँदै बागमती नदीको सिक्रे दोभान पुलको कामलाई पनि अघि बढाउने बताए । उनले रूग्ण योजनामध्ये २९ वटालाई गति दिएको र ३ वटा सम्पन्न भएको उदाहरण प्रस्तुत गर्दै मन्त्री मास्केले बागमती नदीको सिक्रे दोभान पुलको निरीक्षणका लागि आफैं फिल्डमा पुग्ने र काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहित जनप्रतिनिधिहरूले गत असोज ११ र १२ गतेको बाढिका कारण रोशी र महाभारत जोड्ने एकमात्र थान्सिङबेसी पुल बगाई क्षति पुगेकाले निर्माणका लागि यथाशिघ्र सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए । 
त्यस्तै, बागमती प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधिन जनमुक्ति मार्ग अन्तरगत हात्तिसार सिक्रे दोभान खण्ड (७ सय मिटर) गत असोज ११ र १२ गतेको बाढिले क्षतिग्रस्त भएकाले पुर्ननिर्माणका लागि अनुरोध गर्दै तिनखुट्टे देवीटार (८.७ किमि) खण्ड २०७७ सालमा ठेक्का सम्झौता भई समयावधी पटक पटक थप गर्दा समेत ६० प्रतिशत पनि कार्य प्रगति नहुनुका साथै खानी खोला र पार्वती खोला पुलमा समेत सोही समस्या रहेकाले उक्त आयोजनाहरु यथाशिघ्र सम्पन्न गर्नका लागि समेत मूख्यमन्त्री र भौतिक मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार