Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिक्रे दोभान पुल निर्माणलाई प्राथमिकतामा राख्ने मूख्यमन्त्री र भौतिकमन्त्रीको प्रतिवद्धता

IMG_20250305_183824-1741186179.jpg

२१ फागुन, हेटौंडा । बागमती प्रदेशको काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्ने बागमती प्रदेशका मूख्य मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीले प्रतिवद्धता जनाएका छन् ।
काभ्रेको महाभारत गाउँपालिका, खानिखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको टोलीको ध्यानाकर्षण पत्र बुझ्दै मूख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले दुर्गम पालिका जोड्ने बागमती नदीको सिक्रे दोभान पुल निर्माणलाई प्राथमिकतामा राख्ने बताएका हुन् ।
८ वर्ष अगाडि नै जिल्ला विकास समिति मकवानपुरबाट महाविर/शिखर/तामाकोशी जेभीले ठेक्का पाएको बागमती नदीको सिक्रे दोभान पुल ठेक्का भए पनि हालसम्म निर्माण पूरा नभई अलपत्र परेको भन्दै ध्यानाकर्षण गराउन पुगेका जनप्रतिनिधिहरूलाई यस पुललाई चाँडो सम्पन्न हुने गरि प्रक्रिया अघि बढाउन मूख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई निर्देशन दिएका थिए । उनले विपदका कारण त्यस क्षेत्रमा भएको सडक सञ्जाल र अन्य पुलको समेत निर्माणमा तदारुकता दिने बताए ।
मन्त्री मास्कले आफुले प्रदेशका रूग्ण योजना पहिचान गरि निमार्णमा गति दिने काम गरिरहेको बताउँदै बागमती नदीको सिक्रे दोभान पुलको कामलाई पनि अघि बढाउने बताए । उनले रूग्ण योजनामध्ये २९ वटालाई गति दिएको र ३ वटा सम्पन्न भएको उदाहरण प्रस्तुत गर्दै मन्त्री मास्केले बागमती नदीको सिक्रे दोभान पुलको निरीक्षणका लागि आफैं फिल्डमा पुग्ने र काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहित जनप्रतिनिधिहरूले गत असोज ११ र १२ गतेको बाढिका कारण रोशी र महाभारत जोड्ने एकमात्र थान्सिङबेसी पुल बगाई क्षति पुगेकाले निर्माणका लागि यथाशिघ्र सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए । 
त्यस्तै, बागमती प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधिन जनमुक्ति मार्ग अन्तरगत हात्तिसार सिक्रे दोभान खण्ड (७ सय मिटर) गत असोज ११ र १२ गतेको बाढिले क्षतिग्रस्त भएकाले पुर्ननिर्माणका लागि अनुरोध गर्दै तिनखुट्टे देवीटार (८.७ किमि) खण्ड २०७७ सालमा ठेक्का सम्झौता भई समयावधी पटक पटक थप गर्दा समेत ६० प्रतिशत पनि कार्य प्रगति नहुनुका साथै खानी खोला र पार्वती खोला पुलमा समेत सोही समस्या रहेकाले उक्त आयोजनाहरु यथाशिघ्र सम्पन्न गर्नका लागि समेत मूख्यमन्त्री र भौतिक मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार