२४ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा-६ नम्बर कार्यसमितिले शनिबार क्रियाशील जागरण तथा वनभोज कार्यक्रम आयोजना गरेको छ । वडा सभापति रामहरी तिमल्सिनाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एंव प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वक्ताहरूले नेपाली कांग्रेसप्रति जनताको आशा र भरोसा रहेको बताउँदै यसलाई कायम गर्दै जनताको हितमा निरन्तर काम गर्नुपर्ने बताएका थिए। उनीहरूले देशको हरेक परिवर्तनमा कांग्रेसले नेतृत्व लिएको बताउँदै विकासको नेतृत्व पनि कांग्रेसले नै गरिरहेको बताएका थिए । यस्तो भेला र जागरण अभियानलाई निरन्तरता दिंदै सबैलाई एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा उनीहरूको जोड थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, क्षेत्र नम्बर १ प्रदेश (ख) सभापति राजेश बानियाँ, नगरसभापति उत्सव इटेनी, हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा-६ का यसअघिका सभापतिहरू, पार्टीबाट जनप्रतिनिधि बनेका महानुभावहरूलाई सम्मान गरिएको थियो ।कार्यक्रममा नेकपा एमाले परित्याग गरेका धनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेसमा स्वागत गरिएको थियो ।
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, पुर्व सभापति माइकल रामचन्द्र अर्याल, जिल्ला सचिव ईश्वर पाठक, महासमिति सदस्य प्रभात दाहाल, जिल्ला सहसचिव ईन्दिरा न्यौपाने, प्रदेश समिति सदस्य जानकी लामा, क्षेत्र १ का संघीय सभापति दामोदर खनाल, क्षेत्र २ का सभापति लोकबहादुर मुक्तान हेटौंडा-७ का वडा अध्यक्ष दामोदर गौतम, हेटौंडा-१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा-१७ का वडा अध्यक्ष उद्धव सत्याल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका र भातृसंगठनका जिल्ला, संघ, प्रदेश, नगर, वडाका विभिन्न तहका नेता कार्यकर्ताहरूको सहभागिता रहेको कार्यक्रम संयोजक राजकुमार बास्तोलाले जनाएका छन्।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













