२८फागुन,हेटौंडा।नेपाली कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमितिकाे आयाेजनामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाका सभापति सञ्जीव श्रेष्ठकाे अध्यक्षता तथा बागमती प्रदेश सभापति एंव प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा बुधबार भीमफेदी-६ धाेर्सिङमा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरसंवाद कार्यक्रम भएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र जिल्ला सभापति बुद्ध लामाकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आन्तरिक गुटउपगुटले पार्टी कमजोर हुँदैन, काे व्यक्ति काे तर्फ नजिक भन्ने विषय मात्रै हाे गुट उपगुट हाे । यसले पार्टीलाई कमजाेर नबनाउने बताएका छन् । पार्टीको आन्तरिक निर्वाचनलाई आत्मसात गरि आउने अस्तित्व स्वीकार्नु पर्ने बताउँदै अन्तरद्वन्दलाई अन्त्य गरिनुपर्ने बताए । पार्टीको आन्तरिक चुनावले पार्टीभित्र ठुलाे राेगकाे रुपमा अन्तरद्वन्द रहेकाले यसकाे अन्त्य गर्न वडातह देखि नै लाग्नुपर्ने देखिन्छ ।
सामाजिक सञ्जाललाइ सदुपयोग गराैं, काङ्ग्रेस नेतृत्वले गरेकाे कामलाई प्रचारप्रसार गरि जनता सामु लैजान वडा तहका नेतृत्वले ध्यान दिनु जरुरी रहेकाे सभापति बानियाँले बताए ।
नेता बानियाँले संघीयताले विकासकाे लहर लागेकाे छ।धेरै सडक सञ्जाल निर्माण हुनुका साथै शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी लगायत अन्य क्षेत्रमा
विकास तीव्र रुपमा भईरहेकाे बताए ।
कार्यक्रममा मन्त्री महर्जनले पार्टीभित्र रहेकाे वडातह देखि पालिका, क्षेत्र र जिल्ला सम्म रहेको अन्तरद्वन्दलाई समाधान गरिनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामाले काङ्ग्रेस अभियान बाेकेर आफ्नो रफ्तारमा हिड्ने पार्टी रहेकाे बताए ।पार्टीभित्रकाे अन्तरद्वन्द चिर्न अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमले सहयोग पुग्ने बताए । जनताकाे काममा काङ्ग्रेस जहिले पनि अग्रसर रहेकाे बताउँदै वडा तहदेखि पालिका र प्रदेश तहमा नेतृत्व लिईदा जनताकाे कामलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले पार्टीभित्रकाे अधिवेशन र स्थानीय निर्वाचनमा टिकट चाहिने भनी अघि सर्ने साथी उपस्थित नहुदाँ ती साथीलाई आगामी दिनमा पार्टी नचाहिने हाेर ? भन्ने प्रश्न उठाउँदै पार्टीको हरेक क्रियाकलापमा सबै साथीहरूले सहभागीता जनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा क्षेत्र २ संघीय सभापति लाेकबहादुर मुक्तानले काङ्ग्रेसले गरेका कामहरुकाे प्रचार गर्नुस, अरु दलले गरेकाे भ्रमलाइ चिर्न वडा सभापतिहरु लाग्नुपर्ने बताए । पार्टीका साथीहरूले तीन तहको सरकार सङ्ग अन्तरसंवाद गरिनुपर्ने बताउँदै हामीले गरेका कामहरुलाइ सामाजिक सञ्जाल मार्फत प्रचार गरिनुपर्ने बताए । माननीयहरु भ्रम फैलाउँदै समाजमा हिडिरहेका छन् । संवैधानिक अधिकार अनुरुप आएका बजेटलाई आफुले ल्याएकाे प्रचारबाजी राजनीति गरिरहेकाेलाई वडा तहबाटै चिर्नुपर्छ, सभापति मुक्तानले आग्रह गरे ।
कार्यक्रममा जिल्ला पुर्व सभापति रघुरमण न्याैपाने, सहसचिव इन्दिरा न्याैपाने, क्षेत्र २ संघीय सभापति लाेकबहादुर मुक्तान, महासमिति सदस्य शान्ता विक, जिल्ला सदस्यहरु राजु खतिवडा, धिरेन लामा, भरत लामा, माेमलाल दाेङ्ग, तारा कार्की, बागमती प्रदेश सदस्य पुरुषाेत्तम ठकुरी र चम्फुरत्न लामा, काठमाडौं-मकवानपुर सम्पर्क समिति अध्यक्ष तेजप्रसाद घिमिरे, क्षेत्र १का संघीय सह-सचिव मुना कुमारी पाठक, महाधिवेशन प्रतिनिधि गाेरिमाया लामा लगायतको आतिथ्यता रहेकाे थियोे ।कार्यक्रममा ९ वटै वडाका सभापतिहरुले वडामा भइहेका गतिविधि र गुनासाहरु राखेका थिए ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













