Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस भीमफेदीकाे अगुवा कार्यकर्ता भेटघाट

Screenshot_20250312_18022-1741781963.jpg

२८फागुन,हेटौंडा।नेपाली कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमितिकाे आयाेजनामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। 
गाउँपालिकाका सभापति सञ्जीव श्रेष्ठकाे अध्यक्षता तथा बागमती प्रदेश सभापति एंव प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा बुधबार भीमफेदी-६ धाेर्सिङमा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरसंवाद कार्यक्रम भएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र जिल्ला सभापति बुद्ध लामाकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आन्तरिक गुटउपगुटले पार्टी कमजोर हुँदैन, काे व्यक्ति काे तर्फ नजिक भन्ने विषय मात्रै हाे गुट उपगुट हाे । यसले पार्टीलाई कमजाेर नबनाउने बताएका छन् । पार्टीको आन्तरिक निर्वाचनलाई आत्मसात गरि आउने अस्तित्व स्वीकार्नु पर्ने  बताउँदै अन्तरद्वन्दलाई अन्त्य गरिनुपर्ने बताए । पार्टीको आन्तरिक चुनावले पार्टीभित्र ठुलाे राेगकाे रुपमा अन्तरद्वन्द  रहेकाले यसकाे अन्त्य गर्न वडातह देखि नै लाग्नुपर्ने देखिन्छ । 
सामाजिक सञ्जाललाइ सदुपयोग गराैं, काङ्ग्रेस नेतृत्वले गरेकाे कामलाई प्रचारप्रसार गरि जनता सामु लैजान वडा तहका नेतृत्वले ध्यान दिनु जरुरी रहेकाे सभापति बानियाँले बताए । 
नेता बानियाँले संघीयताले विकासकाे लहर लागेकाे छ।धेरै सडक सञ्जाल निर्माण हुनुका साथै शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी लगायत अन्य क्षेत्रमा
विकास तीव्र रुपमा भईरहेकाे  बताए । 

कार्यक्रममा मन्त्री महर्जनले पार्टीभित्र रहेकाे वडातह देखि पालिका, क्षेत्र र जिल्ला सम्म रहेको अन्तरद्वन्दलाई समाधान गरिनुपर्ने बताए । 
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामाले काङ्ग्रेस अभियान बाेकेर आफ्नो रफ्तारमा हिड्ने पार्टी रहेकाे बताए ।पार्टीभित्रकाे अन्तरद्वन्द चिर्न अगुवा कार्यकर्ता  भेटघाट कार्यक्रमले सहयोग पुग्ने बताए । जनताकाे काममा काङ्ग्रेस जहिले पनि अग्रसर रहेकाे बताउँदै वडा तहदेखि पालिका र प्रदेश तहमा नेतृत्व लिईदा जनताकाे कामलाई प्राथमिकता दिनुपर्ने बताए । 
उनले पार्टीभित्रकाे अधिवेशन र स्थानीय निर्वाचनमा टिकट चाहिने भनी अघि सर्ने साथी उपस्थित नहुदाँ ती साथीलाई आगामी दिनमा पार्टी  नचाहिने हाेर ? भन्ने प्रश्न उठाउँदै पार्टीको हरेक क्रियाकलापमा सबै साथीहरूले सहभागीता जनाउन आग्रह गरेका थिए । 
कार्यक्रममा क्षेत्र २  संघीय सभापति लाेकबहादुर मुक्तानले काङ्ग्रेसले गरेका कामहरुकाे प्रचार गर्नुस, अरु दलले गरेकाे भ्रमलाइ चिर्न वडा सभापतिहरु लाग्नुपर्ने बताए । पार्टीका साथीहरूले तीन तहको सरकार सङ्ग अन्तरसंवाद गरिनुपर्ने बताउँदै हामीले गरेका कामहरुलाइ सामाजिक सञ्जाल मार्फत प्रचार गरिनुपर्ने बताए । माननीयहरु भ्रम फैलाउँदै समाजमा हिडिरहेका छन् । संवैधानिक   अधिकार अनुरुप आएका बजेटलाई आफुले ल्याएकाे प्रचारबाजी राजनीति गरिरहेकाेलाई वडा तहबाटै चिर्नुपर्छ, सभापति मुक्तानले आग्रह गरे । 
कार्यक्रममा जिल्ला  पुर्व सभापति रघुरमण न्याैपाने, सहसचिव इन्दिरा न्याैपाने, क्षेत्र २ संघीय सभापति लाेकबहादुर मुक्तान,  महासमिति सदस्य शान्ता विक, जिल्ला सदस्यहरु राजु खतिवडा, धिरेन लामा, भरत लामा, माेमलाल दाेङ्ग, तारा कार्की,  बागमती  प्रदेश  सदस्य पुरुषाेत्तम ठकुरी र चम्फुरत्न लामा, काठमाडौं-मकवानपुर सम्पर्क समिति अध्यक्ष तेजप्रसाद घिमिरे, क्षेत्र १का संघीय सह-सचिव मुना कुमारी पाठक, महाधिवेशन प्रतिनिधि गाेरिमाया लामा लगायतको आतिथ्यता रहेकाे थियोे ।कार्यक्रममा ९ वटै वडाका सभापतिहरुले वडामा भइहेका गतिविधि र गुनासाहरु राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार