रूपेश दुलाल/सुनिल शिवाकोटी
५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले पर्यटकीय हबको रूपमा विकास भइरहेको छ । दामन पालुङ पर्यटकीय रूपमा फस्टाइसक्दा पनि चित्लाङमा पर्यटकीय गतिविधि प्रायः शून्य थियो ।
तर त्यहाँका एक युवाले भाडाको टेन्टबाट शुरू गरेको पर्यटन व्यवसाय नै चित्लाङ पर्यटकीय हबको रूपमा अघि बढ्ने आधार बनेको हो । चित्लाङमै जन्मिएका देवेन्द्र नेपालको १५ बर्ष अघिको सपनाले अहिले चित्लाङ देशभर पर्यटकीय गन्तव्यको रूपमा परिचित भइसकेको छ ।
काठमाडौं पर्यटन क्षेत्रसंग सम्बन्धी विषय पढेर स्नातकोत्तर सकेपछि केही समय अध्यापन र ट्राभल एजेन्सीमा काम गरेका उनी आकर्षक तलबमा ट्राभल कन्सल्टेन्टको रूपमा दुबई पुगेका थिए। तर गएको पहिलो दिनदेखि नै देवेन्द्रको मन त्यहाँ अडिएन । कयौं विद्यार्थीलाई 'करियर काउन्सिलिङ' गरेका देवेन्द्रलाई आकर्षक तलव अर्काको कामदार बन्नु पर्दा मन खिन्न भयो । त्यसमाथि प्रकृतिले केही नदिएको दुवईलाई मानिसको मेहनतले यस्तो विकास गर्न सक्छ भने प्रकृतिले प्रशस्तै दिएको नेपालमा त धेरै गर्न सकिन्छ भन्ने कुरा उनको मनमा गहिरोसंग गड्यो । 'गएको दिनदेखि म आफ्नो गाउँको प्रकृतिले दिएको डाँडापाखा र हरियाली, ऐतिहासिक सम्पदा जस्ता अमूल्य सम्पत्तिबारे सोच्दै यहाँ जति पैसा भए पनि हुने अर्काको दास नै हो, बरू आफ्नो देश र ठाउँमा केही गर्छु भन्ने सोच्ने गर्थें ।'-उनले भने । त्यही अठोट बोकेर उनी एक महिनामै एक लाख रूपैयाँ तलवको आकर्षक जागिर त्यागेर नेपाल फर्किए ।
दुबईको जागिर छोडेर नेपाल आएपछि उनी फेरि शुन्यमा पुगें । सपनालाई कसरी अघि बढाउने भन्ने सोच्दैमा तीन महिना पुग्यो, दुबईबाट ल्याएको पैसा पनि सकिएपछि उनलाई तनाव बढ्न थाल्यो । डिप्रेसनको शिकार हुनै लागेका उनलाई दिदीले यसरी हतोत्साहित नहुन सम्झाइन् । त्यही समय उनीसँगै कलेजमा पढाएका साथीले आफ्ना विद्यार्थीलाई भ्रमणको व्यवस्थापन गरिदिन देवेन्द्रलाई अनुरोध गरे । उनले ति विद्यार्थीलाई चित्लाङ ल्याउने र त्यसबाट केही रकम जोगाउने उपाय रचे अनि ठमेलबाट भाडाको टेन्ट व्यवस्थापन गरि चित्लाङमा विद्यालयको नासपाती बगैंचामा पहिलो टोलीलाई घुमाउन ल्याए ।
बिद्यार्थीबाट नकारात्मक प्रतिक्रिया आउने आशंकाबिच पहिलो टोली ल्याएका उनले सकारात्मक प्रतिक्रिया पाउँदा उत्साही भए । पहिलो व्यवस्थापन घाटामा गएपनि त्यसपछिका केही साता निरन्तर टोल आउन थालेपछि उनले भाडाको टेन्टसंगै स्थानीयको घरमा समेत टोलीलाई राख्न थाले । यसबाट भएको बचतबाट टेन्ट र बाहिरी जनशक्ति घटाउँदै उनले आफ्नै टेन्ट खरिद गर्न थाले, पर्यटक टोली बढ्दै गयो र देवेन्द्रको कमाई पनि बढ्न थाल्यो ।
त्यसपछि उनले विद्यालयको नासपाती बगैंचा भाडामा लिएर व्यसायिक रूपमै २०७२ मै उनले चित्लाङ अर्गानिक भिलेज रिसोर्ट स्थापना गरे ।
'त्यतिबेला पर्यटकलाई नासपाती बगैंचामा टेन्ट राखेर सेवा दिन शुरू गरें, पछि बिस्तारै छिमेकीको घरमा पनि रिसोर्टमा नअटाएका पर्यटक राख्न थालें, पर्यटक आउने क्रम बढ्न थालेपछि बिस्तारै अरू गाउँलेले पनि पर्यटन पूर्वाधार विकास गर्नु भयो, त्यसको फल स्वरूप अहिले चित्लाङ पर्यटकीय हब बन्दैछ ।'-संघर्ष पछिको सफलताबारे देबेन्द्र भन्छन् ।
भाडामा टेन्ट ल्याएर पर्यटन व्यवसायमा होमिएका देवेन्द्र अर्गानिक भिलेज रिसोर्टमै अडिएनन् । विद्यालयसंग निश्चित अवधिको सम्झौता गरेर रिसोर्ट संचालन गरिरहेका उनले व्यसायिक सुरक्षाका लागि ऋणधन गरेर चित्लाङ रिसोर्ट प्रालि संचालन गरे भने नासपाती बगैंचा नजिकै जग्गा खरिद गरि अर्गानिक भिलेज रिसोर्टलाई विस्तार गरे । यसलाई आकर्षक बनाउन रिसोर्टमा १ लाख ७० हजार बोतलको प्रयोग गरि पर्खाल, सिढी लगायतका संरचना बनाएका छन् । अहिले दुबै रिसोर्टमा गरि १५ करोडको लगानी भएको छ । यसमा उनलाई परिवारका सदस्यले पनि सघाएका छन् । दुबैतिर गरि ५० जनाले रोजगारी पाएका छन् भने २ सय जना पर्यटकलाई सेवा दिने क्षमता छ ।
पर्यटन व्यवसाय व्यवसाय मात्रै नभई आफ्नो रूचीको विषय भएकाले उनी दिनरात यसैमा संलग्न रहन्छन् । 'मेरो रूचिको क्षेत्र भएकाले हरेक काममा म आफैं संलग्न हुन पाउँदा खुशी लाग्छ ।'-उनले भने । उनले यो व्यवसायलाई थप विस्तारको तयारी शुरू गरिसकेका छन् ।
उनले थालेको पर्यटनको पाइला पछ्याउँदै अहिले चित्लाङमा ३० भन्दा बढि होटल संचालनमा छन् । अहिले चित्लाङले एक हजार पर्यटनलाई सेवा दिन क्षमता छ ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









