Google Photo
१० फागुन, हेटौँडा । मकवानपुरका कुखुरा व्यवसायीहरुको समस्यालाई ध्यानमा राख्दै हेटौंडाको कमानेमा कुखुराको औषधि पसल मकवानपुर भेट डाइनोसिस सेन्टर सञ्चालनमा ल्याइएको छ ।
कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारीसहित पोल्ट्री व्यवसायीहरु दलबहादुर खड्का, वीरेन्द्रबहादुर खत्री, बासु भण्डारी, रामशरण गौतम र शिवराम पराजुलीको संयुक्त लगानीमा सञ्चालित भेट डाइनोसिस सेन्टरको बिहीबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि खुलालले निर्वाहमुखी कुखुरापालन गर्नु आवश्यक रहेको औंल्याए । कुखुरा पालनमै संकृय रहेकाहरुले सञ्चालनमा ल्याएको औषधि पसल भएकोले किसानले अन्तको भन्दा कम मुल्यमा औषधि पाउनुपर्ने सुझाव दिए । यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले नाफासंगै किसानको हितमा पनि ध्यान दिन सुझाव दिए ।
यस्तै नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछानेले कुखुरा पालनसंग सम्बन्धित युवाहरुले सञ्चालनमा ल्याएको औषधि पसल भएकोले किसानले राहत महसुस गर्ने दावी गरे । यस्तै जिल्ला पशुसेवा कार्यालय मकवानपुरका डा. सञ्जीवकुमार ठाकुरले कुखुरामा देखिने समस्या लिएर चितवनसम्म जानुपर्ने अवस्थाको अन्त्य हुने बताए । उनले अन्यत्रको भन्दा सुलभ र सस्तो मुल्यमा कुखुरापालकलाई औषधि उपलब्ध गराउन सुझाव दिए ।
सञ्चालक राजु अधिकारीले नाफा कमाउन भन्दा पनि मकवानपुरका कुखुरा व्यवसायीको सहजताको लागि भेट डाइनोसिस सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए । औषधी पसलमा चितवन र मकवानपुरका ६ जना पशु चिकित्सकले सेवा प्रदान गर्ने बताइएको छ । कार्यक्रममा मकवानपुर कुखुरा व्यवसायी संघका सदस्य एवम् किसान प्रतिनिधि श्यामसुन्दर परियार, सञ्चालक रामशरण गौतमलगायतले मकवानपुरका कुखुरा पालकलाई अब सहज हुने बताए ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















