Google Photo
११ फागुन, हेटौँडा । पछिल्लो केही समय यता मकवानपुरमा सहज रुपमा ढुङ्गा, गिट्टी, वालुवालगायतका पदार्थ सहज रुपमा उपलब्ध भएसंगै निर्माण कार्यमा सहजता भएको छ ।
क्रसर उद्योगमा आवश्यक नदीजन्य पदार्थ किन्न जाँदा समेत नपाएर निर्माणको काम अघि बढाउन नसकेकाहरु अहिले सहज रुपमा ढुङ्गा, गिट्टी, वालुवा पाएपश्चात कामलाई तीव्रताका साथ अघि बढाइरहेका छन् । विशेषगरी राष्ट्रिय गौरवको आयोजना र भूकम्प पीडितहरुको काम रोकिँदै आएको थियो । गत बर्षहरुमा चैत्र बैशाख महिनामा मात्रै नदी उत्खनन्को स्वीकृति दिने गरेको स्थानीय प्रशासन एवम् जिल्ला समन्वय समिति (साविकको जिल्ला विकास समिति) ले यो बर्ष भूकम्प पीडित घर पुनर्निर्माण एवम् राष्ट्रिय गौरवको आयोजनामा सहज रुपमा काम गर्न सकियोस् भन्ने उद्देश्यले माघ महिनाबाटै मकवानपुरमा नदीजन्य पदार्थ उत्खनन्को स्वीकृति प्रदान गरेको थियो ।
जिल्लाको विभिन्न स्थानमा वातावरणीय प्रभाव मुल्याङ्कन (आइइइ) गरी यहाँ रहेका क्रसर उद्योगहरुलाई मापदण्ड अनुसार ढुङ्गा, गिट्टी, वालुवा खन्नको लागि स्वीकृति प्रदान गरेको थियो । केही समय अघि जिल्ला समन्वय समिति मकवानपुरको अगुवाईमा भएको सर्वदलीय छलफलमा स्थानीय तहका प्रतिनिधिहरुले समेत क्रसरलाई उत्खनन् र ओसारपसारको लागि स्वीकृति दिनुपर्ने बताएपछि आईइइ गरिएको थियो । जिल्ला समन्वय समिति मकवानपुरले उत्खनन् खुलाएपछि भूकम्पबाट क्षति भएका संरचना पूननिर्माण तथा ठूला आयोजनाहरुको काममा पनि सहजता भएको छ ।
महङ्गो मूल्य तिर्दा समेत ढुङ्गा, गिट्टी, वालुवा नपाएर चिन्तामा रहेका भूकम्पपीडितले उत्खनन् खुलेसँगै सहज रुपमा सुलभ मूल्यमा निर्माण सामाग्री पाएको भन्दै खुसी व्यक्त गरे । घरको जग हालेको ६ महिना भन्दा धेरै भैसकेको जानकारी दिँदै हाँडीखोला लामिटारका दीपक राईले केहीदिन अघि मात्रै वालुवा र गिट्टी झारेको बताए । यसअघि क्रसरमा गिट्टी बालुवा किन्न जाँदा खोलामा उत्खनन् गर्न नपाएको भन्दै क्रसर व्यवसायीले फर्काउने गरेको भूकम्प पीडितको भनाई छ । अहिले फोनको भरमा घरमै गिट्टी वालुवा झारिएको उनले बताए । सहज रुपमा गिट्टी बालुवा पाएपछि मकवानपुरमा निर्माणाधीन ठूला आयोजनाको काम पनि तीव्र रुपमा अघि बढेको छ ।
धरान–चतरा–हेटौंडा, कान्तिलोकपथ लगायतका ठूला आयोजना निर्माणले तीव्रता पाएको बताइएको छ । ढुङ्गा गिट्टी वालुवाको सहजताले निर्माण व्यवसायी तथा मजदुर समेत खुसी छन् । सरकारी तहबाट नियमित खुल्ने समयभन्दा करिब तीन महिनाअघि नै ढुङ्गा गिट्टी वालुवा खुलेपछि काममा सहजता आएको लामो समयदेखि घर बनाउने मिस्त्रीको काम गर्दै आएका आएका मङ्गलबहादुर राईले बताए । खोलामा आफैं गिट्टी बालुवा लिन जाँदा पुलिसले लखेट्ने, क्रसरमा किन्न पनि नपाउने अवस्थाले काम नै रोकिएको भन्दै उनले अहिले सहज भएकोमा खुसी व्यक्त गरे ।
ढुङ्गा, गिट्टी, वालुवामा सहजता भएसँगै पूर्वाधार विकासले तीव्रता पाएको निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव श्याम ढकालको भनाई छ । यसअघि ढुङ्गा गिट्टी वालुवालगायतका पदार्थ महङ्गोमा किन्नुपर्दा निर्माण व्यवसायीसंगै भूकम्प पीडित र ठूला आयोजनाको काम गर्दै आएकाहरुलाई अप्ठेरो परेको भन्दै ढकालले केही महिना यता सहज भएको जानकारी दिए । सधैं सहज रुपमा ढुङ्गा गिट्टी वालुवालगायतका निर्माणको लागि आवश्यक सामग्री आएमा निर्माणको कामले तीव्रता पाउने र निर्माण व्यवसायीले कामै गरेन भन्ने गुनासोको अन्त्य समेत हुने महासचिव ढकालको भनाई छ ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...

-1786686763.jpg)















