Google Photo
११ फागुन, हेटौँडा । पछिल्लो केही समय यता मकवानपुरमा सहज रुपमा ढुङ्गा, गिट्टी, वालुवालगायतका पदार्थ सहज रुपमा उपलब्ध भएसंगै निर्माण कार्यमा सहजता भएको छ ।
क्रसर उद्योगमा आवश्यक नदीजन्य पदार्थ किन्न जाँदा समेत नपाएर निर्माणको काम अघि बढाउन नसकेकाहरु अहिले सहज रुपमा ढुङ्गा, गिट्टी, वालुवा पाएपश्चात कामलाई तीव्रताका साथ अघि बढाइरहेका छन् । विशेषगरी राष्ट्रिय गौरवको आयोजना र भूकम्प पीडितहरुको काम रोकिँदै आएको थियो । गत बर्षहरुमा चैत्र बैशाख महिनामा मात्रै नदी उत्खनन्को स्वीकृति दिने गरेको स्थानीय प्रशासन एवम् जिल्ला समन्वय समिति (साविकको जिल्ला विकास समिति) ले यो बर्ष भूकम्प पीडित घर पुनर्निर्माण एवम् राष्ट्रिय गौरवको आयोजनामा सहज रुपमा काम गर्न सकियोस् भन्ने उद्देश्यले माघ महिनाबाटै मकवानपुरमा नदीजन्य पदार्थ उत्खनन्को स्वीकृति प्रदान गरेको थियो ।
जिल्लाको विभिन्न स्थानमा वातावरणीय प्रभाव मुल्याङ्कन (आइइइ) गरी यहाँ रहेका क्रसर उद्योगहरुलाई मापदण्ड अनुसार ढुङ्गा, गिट्टी, वालुवा खन्नको लागि स्वीकृति प्रदान गरेको थियो । केही समय अघि जिल्ला समन्वय समिति मकवानपुरको अगुवाईमा भएको सर्वदलीय छलफलमा स्थानीय तहका प्रतिनिधिहरुले समेत क्रसरलाई उत्खनन् र ओसारपसारको लागि स्वीकृति दिनुपर्ने बताएपछि आईइइ गरिएको थियो । जिल्ला समन्वय समिति मकवानपुरले उत्खनन् खुलाएपछि भूकम्पबाट क्षति भएका संरचना पूननिर्माण तथा ठूला आयोजनाहरुको काममा पनि सहजता भएको छ ।
महङ्गो मूल्य तिर्दा समेत ढुङ्गा, गिट्टी, वालुवा नपाएर चिन्तामा रहेका भूकम्पपीडितले उत्खनन् खुलेसँगै सहज रुपमा सुलभ मूल्यमा निर्माण सामाग्री पाएको भन्दै खुसी व्यक्त गरे । घरको जग हालेको ६ महिना भन्दा धेरै भैसकेको जानकारी दिँदै हाँडीखोला लामिटारका दीपक राईले केहीदिन अघि मात्रै वालुवा र गिट्टी झारेको बताए । यसअघि क्रसरमा गिट्टी बालुवा किन्न जाँदा खोलामा उत्खनन् गर्न नपाएको भन्दै क्रसर व्यवसायीले फर्काउने गरेको भूकम्प पीडितको भनाई छ । अहिले फोनको भरमा घरमै गिट्टी वालुवा झारिएको उनले बताए । सहज रुपमा गिट्टी बालुवा पाएपछि मकवानपुरमा निर्माणाधीन ठूला आयोजनाको काम पनि तीव्र रुपमा अघि बढेको छ ।
धरान–चतरा–हेटौंडा, कान्तिलोकपथ लगायतका ठूला आयोजना निर्माणले तीव्रता पाएको बताइएको छ । ढुङ्गा गिट्टी वालुवाको सहजताले निर्माण व्यवसायी तथा मजदुर समेत खुसी छन् । सरकारी तहबाट नियमित खुल्ने समयभन्दा करिब तीन महिनाअघि नै ढुङ्गा गिट्टी वालुवा खुलेपछि काममा सहजता आएको लामो समयदेखि घर बनाउने मिस्त्रीको काम गर्दै आएका आएका मङ्गलबहादुर राईले बताए । खोलामा आफैं गिट्टी बालुवा लिन जाँदा पुलिसले लखेट्ने, क्रसरमा किन्न पनि नपाउने अवस्थाले काम नै रोकिएको भन्दै उनले अहिले सहज भएकोमा खुसी व्यक्त गरे ।
ढुङ्गा, गिट्टी, वालुवामा सहजता भएसँगै पूर्वाधार विकासले तीव्रता पाएको निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव श्याम ढकालको भनाई छ । यसअघि ढुङ्गा गिट्टी वालुवालगायतका पदार्थ महङ्गोमा किन्नुपर्दा निर्माण व्यवसायीसंगै भूकम्प पीडित र ठूला आयोजनाको काम गर्दै आएकाहरुलाई अप्ठेरो परेको भन्दै ढकालले केही महिना यता सहज भएको जानकारी दिए । सधैं सहज रुपमा ढुङ्गा गिट्टी वालुवालगायतका निर्माणको लागि आवश्यक सामग्री आएमा निर्माणको कामले तीव्रता पाउने र निर्माण व्यवसायीले कामै गरेन भन्ने गुनासोको अन्त्य समेत हुने महासचिव ढकालको भनाई छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

















