Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाशको पर्यटकीय क्षेत्र बैकुण्ठमा होमस्टे संचालन गरिने

Screenshot_20250411_18083-1744374346.jpg

 २९ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा होमस्टे सञ्चालन गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै गरेको बैकुण्ठमा  होमस्टे सञ्चालन गर्न लागिएको  हो ।

उक्त क्षेत्रमा ऐतिहासिक र पर्यटकीय क्षेत्र रहुनका साथै जीपलाइन सेवा पनि सञ्चालनको अन्तिम चरणमा रहेकाले घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना र आवासको सेवा पुग्ने हिसाबले होमस्टे सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन् । 
होमस्टे सञ्चालनका लागि स्थानीयहरुले विभिन्न स्थानका होमस्टेको स्थलगत अवलोकन गरिनुका साथै तालिम समेत लिइसकेको अध्यक्ष मुक्तानले बताएका छन् । भौगोलिक विकटता रहेको कैलाशमा बैकुण्ठ क्षेत्रमा भने पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदैँ लगिएको उनले बताए । धादिङ जिल्लाका साथै मकवानपुरको थाहा नगर र राक्सिराङ गाउँपालिकासँगको सिमानामा रहेको बैकुण्ठ र कैलाश क्षेत्रमा होमस्टे चाडैँ सञ्चालनमा आउने उनले बताए ।होमस्टे सञ्चालन गर्ने स्थानीयहरुले चार दिने स्थलगत अवलोकन गरेर फर्किए लगत्तै तीन दिने तालिम प्रदान गरिएको थियो । गाउँपालिकाबाट स्वीकृत तीन लाख बजेटमा १७ जना होमस्टे सञ्चालन गर्ने स्थानीय, वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, वडा सचिव नितेशकुमार यादव, गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्याल सहितको टोलीले स्याङ्जाको सिरुबारी होमस्टे, लमजुङको घलेगाउँ र गोरखाको वारपाक क्षेत्रका होमस्टेहरुको अवलोकन गरिएको वडा नम्बर २ का वडाध्यक्ष घिसिङले बताए । हामीले स्थलगत अवलोकन गर्यौ, अब आफ्नो गाउँठाउँमा स्रोत साधनले पुगेसम्म होमस्टे सञ्चालन गर्नेछौं, अध्यक्ष घिसिङले भने । 
अवलोकन पश्चात सोही बजेटबाट तीन दिने होमस्टे सम्बन्धी तालिम प्रदान गरिएको छ । चितवनका प्रशिक्षक टिकाराम पौडेलले १७ जनालाई तालिम प्रदान गरेका थिए । वडा कार्यालय छ्याङदुङमा तालिम भएको थियो । तालिममा होमस्टे सञ्चालनका लागि प्रयोग गरिने घरको सटावट, पाहुनाको स्वागत सत्कार, विदाई, ऐन नियम कानूनहरुबारे जानकारी गराइएको गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले बताईन् । तालिम पश्चात सहभागिहरुलाई वडाकै विभिन्न घरहरुको फिल्ड भिजिट गराइएको उनले बताईन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार