२९ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा होमस्टे सञ्चालन गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै गरेको बैकुण्ठमा होमस्टे सञ्चालन गर्न लागिएको हो ।
उक्त क्षेत्रमा ऐतिहासिक र पर्यटकीय क्षेत्र रहुनका साथै जीपलाइन सेवा पनि सञ्चालनको अन्तिम चरणमा रहेकाले घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना र आवासको सेवा पुग्ने हिसाबले होमस्टे सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन् ।
होमस्टे सञ्चालनका लागि स्थानीयहरुले विभिन्न स्थानका होमस्टेको स्थलगत अवलोकन गरिनुका साथै तालिम समेत लिइसकेको अध्यक्ष मुक्तानले बताएका छन् । भौगोलिक विकटता रहेको कैलाशमा बैकुण्ठ क्षेत्रमा भने पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदैँ लगिएको उनले बताए । धादिङ जिल्लाका साथै मकवानपुरको थाहा नगर र राक्सिराङ गाउँपालिकासँगको सिमानामा रहेको बैकुण्ठ र कैलाश क्षेत्रमा होमस्टे चाडैँ सञ्चालनमा आउने उनले बताए ।होमस्टे सञ्चालन गर्ने स्थानीयहरुले चार दिने स्थलगत अवलोकन गरेर फर्किए लगत्तै तीन दिने तालिम प्रदान गरिएको थियो । गाउँपालिकाबाट स्वीकृत तीन लाख बजेटमा १७ जना होमस्टे सञ्चालन गर्ने स्थानीय, वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, वडा सचिव नितेशकुमार यादव, गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्याल सहितको टोलीले स्याङ्जाको सिरुबारी होमस्टे, लमजुङको घलेगाउँ र गोरखाको वारपाक क्षेत्रका होमस्टेहरुको अवलोकन गरिएको वडा नम्बर २ का वडाध्यक्ष घिसिङले बताए । हामीले स्थलगत अवलोकन गर्यौ, अब आफ्नो गाउँठाउँमा स्रोत साधनले पुगेसम्म होमस्टे सञ्चालन गर्नेछौं, अध्यक्ष घिसिङले भने ।
अवलोकन पश्चात सोही बजेटबाट तीन दिने होमस्टे सम्बन्धी तालिम प्रदान गरिएको छ । चितवनका प्रशिक्षक टिकाराम पौडेलले १७ जनालाई तालिम प्रदान गरेका थिए । वडा कार्यालय छ्याङदुङमा तालिम भएको थियो । तालिममा होमस्टे सञ्चालनका लागि प्रयोग गरिने घरको सटावट, पाहुनाको स्वागत सत्कार, विदाई, ऐन नियम कानूनहरुबारे जानकारी गराइएको गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले बताईन् । तालिम पश्चात सहभागिहरुलाई वडाकै विभिन्न घरहरुको फिल्ड भिजिट गराइएको उनले बताईन् ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

