Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडा गोल्डकपको उपाधी आर्मीको हातमा

IMG_2877-1519478306.JPG

उपाधी उचाल्दै त्रिभुवन आर्मीका खेलाडिहरु ।

१२ फागुन, हेटौँडा । सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा भएको टुवोर्ग हेटौँडा गोल्ड कपको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।
वन विज्ञान अध्ययन संस्थानमा भएको दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवबीच भएको उपाधी भिडन्तमा नेपाल पुलिस क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधी कब्जा गरेको हो । प्रतियोगिताको खेल अबधीभर दुबै टिमले गोलरहित बराबरी खेलेपछि नतिजाको लागि टाईब्रेकरको साहारा लिईएको थियो । टाईब्रकेरमा आर्मीको तर्फबाट गोलरक्षक विकेश कुथु, सन्तोष तामाङ, दिप लामा र बिवश बस्नेतले गोल गरे भने नवयुगको प्रहार पोलमा लागेर फर्किएको थियो । पुलिसका लागि सुमन लामा, अजित राजभण्डारी र दिनेश राजबंशीले गोल गरेपनि तेज तामाङको प्रहार आर्मीका गोल रक्षक विकेश कुथुले रोकेका थिए भने बुद्ध लामाको प्रहार बाहिरिएको थियो । 
विजेता आर्मीले नगद ५ लाख, सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता पुलिसले नगद ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउनु पर्यो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै आर्मीका विमल पाण्डेले नगद ५० हजार रुपैँया प्राप्त गरे । त्यस्तै, उत्कृष्ट फवार्ड पुलिसका अभिषेक रिजाल, मिड फिल्डर पुलिसका तेज तामाङ, गोल रक्षक आर्मीका विकेश कुथु, डिफेन्स पुलिसका दिनेश राजबंशी, प्रशिक्षक आर्मीका नविन न्यौपाने घोषित हुँदै जनही १५ हजार रुपैँया प्राप्त गर्न सफल भए । प्रतियोगितामा ३ विभागीयसहित ८ टिमको सहभागिता रहेको थियो ।

आर्मीको हेटौँडा गोल्डकपको यो दोस्रो उपाधी हो भने यस बर्षको छैठौं उपाधी हो ।

IMG_2786-1519478828.JPG

खेलाडिहरुसंग परिचय गर्दै प्रमुख अतिथि पूर्वगृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेश कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ ।

IMG_2793-1519478830.JPG

बल खोस्न संघर्ष गर्दै आर्मी र पुलिसका खेलाडि ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार