हेटौंडा ७ कर्रा खोलामा रहेको वनदेवी बेलिब्रिज
११ बैशाख, हेटौंडा । कान्तिलोकपथबाट हेटौंडा ७ को वडा कार्यालय जोड्ने कर्रा खोलामा निर्माण भएको बेली ब्रिज जीर्ण बन्दै गएको छ। न्युरेनी चिसापानिबाट नागस्वती जोड्ने ४६ मिटर लम्बाइ भएको पुल भारवहन क्षमता भन्दा बढीका सवारी चल्दा पुल जीर्ण बन्दै गएको हो।
मालवाहक सवारी चलाउन प्रतिबन्ध लगाएपनि लुकीछिपी अटेर गरी सवारी चलाउँदा पुल जीर्ण बनेको हेटौंडा ७ का वडाअध्यक्ष दामोदर गौतमले बताएका छन्। अघिल्लो वर्ष जसोतसो मर्मत सम्भार गरिपनि यस पटक बजेट अभावमा मर्मत सम्भार हुन नसकेको वडाध्यक्ष गौतमले बताए ।
अहिले पुलको नट ढिला भएको, फलामको पाता उप्केकोले जुनसुकै बेला पुल भत्किन सक्ने र दुर्घटना निम्तिन सक्ने स्थानीयले दुखेसो पोखेका छन्। पुलबाट दैनिक २ दर्जन नदिजन्य पदार्थ बोकेका ट्याक्टर द्रुत गतिमा हुइकिने गरेको एक स्थानीयले बताएका छन्। पुल जीर्ण बनाउनमा नदीजन्य पदार्थ बोकेका ट्याक्टरले प्रमुख भूमिका रहेको स्थानीयको भनाई छ। उनीहरूले मालवाहक सवारीलाई नियन्त्रण गर्न सुरक्षा निकायले ध्यान दिनु पर्ने र उपमहानगरपालिकाले मर्मतमा चासो दिनु पर्ने बताएका छन् ।
हेटौंडा-७ घर भई बेल्जियम निवासी सहदेव गौतमको पहलमा निर्माण गरिएको पुलको तत्कालीन प्रधानसेनापति महारथी छत्रमान सिंह गुरुङ र एनआरएन अध्यक्ष डाक्टर उपेन्द्र महतोले २०६६ साल असोज ३० गते समुद्घाटन गरेका थिए। वन देवी बेलिब्रिज निर्माण भएपछि कान्तिलोकपथबाट वडा कार्यालय जाने सेवाग्राही, हेटौंडा-७ र हेटौंडा-१५ का स्थानीय र मकवानपुरको पूर्वी भेग जानेहरूलाई सुविधा पुगेको छ।
१ साउन, हेटौंडा। वीपी राजमार्ग आजबाट राति १२ घण्टा संचालनमा रोक लगाइएको छ।राजमार्गको काभ्रेपलान्चोक–खण्डमा...
१ साउन, हेटौंडा। बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका...
१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्। असार २२ गते...
१ साउन, हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा...
१ साउन, हेटौंडा । मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । अधिवेशन बुधबार मध्यराति १२ बजेदेखि अन्त्य भएको...
१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको...
३२ असार, हेटौंडा। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा भाउजु हत्या अभियोगमा पक्राउ परेका व्यक्ति...
३२ असार, हेटौंडा । नेपालले साफ यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध जित निकालेको...
३० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरको एक सामुदायिक विद्यालयलाई पहिलो विद्यालय बस हस्तान्तरण गरेको...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का...
१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत...
२७ असार, हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिकामा छापामारि नगद ८ लाख सहित २२ जुवाडेलाई पक्राउ...
२० असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले शुक्रबार विद्यार्थी र शिक्षकलाई सम्मान गरेको...