रुपेश दुलाल
३० भदौ, हेटौँडा ।
किर्ते कागजातका आधारमा सरुवा हुने ३ स्वास्थ्यकर्मीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।
मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाले असारदेखि भदौ महिनासम्मको रौतहट जिल्लाको पत्र अनुसन्धान गर्दा किर्ते कागजातमा सरुवा भएको फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रौतहटबाट विभिन्न जिल्लामा सरुवा भएका २ अनमी, २ अहेव र १ हेल्थ असिष्टेन्टको सरुवा पत्र किर्ते फेला परेको हो ।
क्षेत्रीय निर्देशकले मात्रै सरुवा गर्न पाउने नीतिगत प्रावधान भएपनि निमित्त क्षेत्रीय निर्देशकको हस्ताक्षरमा ५ जना कर्मचारी सरुवा भएको पाईएको छ । किर्तेमा संलग्न भएको आशंका भएका ३ जनालाई क्षेत्रीय स्वास्थ्य कार्यालयमा बोलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाईएको र २ जना सम्पर्कमा नआएको क्षेत्रीय स्वास्थ्य निर्देशानालय हेटौँडाका निर्देशक डा. रमेश विक्रम सिंह बताए ।
स्वास्थ्यकर्मी पक्राउपछि दिउँसो घटनाबारे बुझ्न गएका आधिकारिक ट्रेड युनियन र पेशागत ट्रेड युनियनका प्रतिनिधिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले घटनामा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कर्मचारीको संलग्नता भएकाले उनीहरुलाई कारवाही हुनुपर्ने माग गरेका छन् । क्षेत्रीय निर्देशनालयको प्रारम्भिक अनुमानमा ३१ जना कर्मचारी किर्ते कागजातका आधारमा सरुवा भएकाले थप कागजात अनुसन्धान थालिएको छ ।
को को स्वास्थ्यकर्मी पक्राउ परे ?
किर्ते कागजातका आधारमा सरुवा हुने ३ जना स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्नता रहेको आशंकामा पक्राउ पर्नेमा रौतहटबाट ललितपुर सरुवा भएकी अनमी मन्दिरा श्रेष्ठ, सर्लाही सरुवा भएका अहेव दिनेशप्रसाद शाह र पर्सा सरुवा भएका हेल्थ असिष्टेन्ट राजकिशोर यादव रहेको स्रोतको दावि छ । अनुसन्धानमा किर्तेमा सरुवा भएका कर्मचारीहरुको नाम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आधिकारिक रुपमा दिन चाहेन । क्षेत्रीय स्वास्थ्य निर्देशक डा. रमेशविक्रम सिंहले अरु पनि कर्मचारी किर्ते कागजमा सरुवा भएको हुन सक्ने र यसमा गिरोहको हात रहेकोले अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको बताए । उनले स्वास्थ्य क्षेत्रमा रहेका गिरोह कारवाहीमा पर्ने दावि समेत गरे । प्रहरी स्रोतले घटनामा संलग्न मूख्य व्यक्तिको पहिचान भएको जनाएको छ ।
नेता समेत नियन्त्रणमा
घटनाबारे बुझ्न गएका आधिकारिक ट्रेड युनियन र पेशागत संगठनका नेता समेत प्रहरी नियन्त्रणमा परेका छन् । आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष विष्णुप्रसाद अर्याल, उपाध्यक्ष राजकुमार अर्याल, नेपाल समाजवादी स्वास्थ्यकर्मी संघका केन्द्रिय संयोजक उत्सव चौलागाई, नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष रामआदर पाण्डे, लक्ष्मण दाहाल, दिपकराज मिश्र, यादवेन्द्र पौडेलसहितका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको उत्सव चौलागाईले बताए ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा क्षेत्रीय निर्देशकसँग घटनाबारे बुझ्न गएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । किर्तेमा क्षेत्रीय स्वास्थ्य निर्देशालयभित्रका कर्मचारीको हात रहेको र यसको नेतृत्व निर्देशकले गरेकोले उनलाई समेत पक्राउ गर्नुपर्ने जिकिर नेताहरुले गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । निर्देशकको काममा बाधा पु¥याउन खोजेकोले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले त्यहाँ उपस्थित संचारकर्मीलाई जानकारी दिए । प्रहरीमा नियन्त्रणमा लिईएका नेताहरुलाई अपरान्ह छोडिएको छ ।
२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...
२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...
२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, गण्डकी प्रदेश...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...
२४ कार्तिक, काठमाडौं। मध्यरातमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी उपचारको...
२४ कार्तिक, हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार...
२४ कार्तिक, हेटौंडा। कक्षा १२को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले...
२४ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री नेकपा (एमाले) मा फर्कने...
२४ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । कोशी प्रदेश र गण्डकी प्रदेशका...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
११ कार्तिक, हेटौंडा। हेटौंडा १० कर्रा खोलामा डुबेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । मंगलबार बिहान...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
१२ कार्तिक, सल्लेरी। सोलुखुम्बुको लोबुचेमा हिउँमा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको छ। बुधबार बिहान पर्यटक लिन...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
१२ कार्तिक, हेटौंडा । सप्तरीमा छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर सप्तरीमा एकजनाको मृत्यु भएको छ । मृत्यु...
१४ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य थयावत राखेको छ...
११ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ घटेको हो । नेपाल...











-1761633654.jpg)




-1761227295-1761703255.jpg)

