Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सञ्चारमैत्री बजेट निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह

IMG-d1033e460b5f8fab818e4-1746023123.jpg

१७ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले सञ्चारमैत्री बजेट निर्माण गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को कूल बजेटको कम्तीमा दुई प्रतिशत बजेट सञ्चार क्षेत्रमा विनियोजन गर्न महासंघले मुख्यमन्त्री बहादुर सिंह लामालाई बुधबार माग पत्र बुझाएको छ ।
‘बागमती प्रदेश सरकार गठन देखी नै सञ्चार क्षेत्रको हीत र प्रवद्र्धनमा सरकारले गर्दै आएको सहकार्य र सहयोग प्रति आभार व्यक्त गर्दछौं,’ माग पत्रमा उल्लेख छ, ‘अघिल्लो वर्षहरुको बजेटमा प्रदेश सरकारको कूल बजेटको शुन्य दशमलव २० प्रतिशत भन्दा न्यून बजेट मात्र सञ्चार क्षेत्रमा विनियोजन हुनु दुःखद् कुरा हो । त्यसैले आगामी आर्थिक वर्षको बजेट सञ्चारमैत्री बनाईदिनु हुन माग गर्दछौं ।’
प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध कार्यक्रम, पत्रकारलाई स्वास्थ्य विमा कार्यक्रम, पत्रकार कल्याण कोष संचालन, पत्रकार महासंघ बागमतीको भवन निर्माण, प्रदेशस्तरीय पत्रकार संघसंगठनहरुलाई अनुदान सहयोग, पत्रकारिता तालिमहरु लगायत ३२ कार्यक्रम माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको नेतृत्वमा गएको टोलीमा पत्रकारको विभिन्न संघसंगठनको प्रतिनिधीको सहभागिता रहेको थियो । टोलीमा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरी हुँमागाई, निवर्तमान उपाध्यक्ष रुपेश दुलाल, प्रेस यूनियन बागमती प्रदेशका उपाध्यक्ष सुजन विडारी, प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, प्रेस सेन्टर बागमती प्रदेशकी सचिव भावना रिजाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) बागमती प्रदेशका लेखा संयोजक अशोकसुजन श्रेष्ठ लगायत रहेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार