Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा १६मा जमिन भस्सिएर बेपत्ता गाडी खोज्न भूगर्भविदको टोली घटनास्थलमा

IMG-20250506-WA0008-1746505612.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा १६ स्थित फाटमा शुक्रबार जमिन भासिएर हराइरहेको योद्धा डिआइ गाडी खोजी कार्य गर्न र उक्त स्थानको अध्ययन गर्न खानी तथा भुगर्भ विभागको टोली हेटौँडा आइपुगेको छ। लगातार चार दिन खोज्दासम्म गाडीको अवस्था पत्ता नलागेपछि हेटौंडा उपमहानगरपालिकाले आइतबार उक्त स्थानको अध्ययनका लागी काठमाडौंबाट भूगर्भ विदको टोली बोलाएको हो। 
भुगर्भबिद नारायण अधिकारी, कृष्ण पाण्डे, मणि खनाल सहित ४ जनाको टोलि मंगलबार बिहान घटनास्थल आएर काम थालेको छ। टोलीले घटना स्थलको भु–बनोट भुमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ । खानी तथा भुगर्भ विभागबाट चार जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थाल्ने भुगर्भबिद नारायण अधिकारीले बताएका छन्। घटनास्थलको सतह मुनि माटो बनोट तह तथा भुमिगत जलको विषयमा अध्ययन गर्ने गरि केही उपकरण प्रयोग गरिने जनाइएको छ। 

उनले म्याग्नेटो मिटरको  आधारमा भुगोलको चुम्बकीय क्षेत्र तथा पदार्थ (एनोमेलिक) को अवस्था डिटेक्क्ट (पत्ता लगाउने)  बताएका छन् ।
गत शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकै फाटमा माछाको दाना लिन हिडेको ना ४ च ४८३३ नम्बरको योद्धा डिआइ गाडी  जमिन भासिएर बेपत्ता भएको थियो।
सडकमा गुडिरहेको अवस्थामा एक्कासि अगाडिको पाङ्ग्रा भासिएको र जग लगाएर निकाल्ने प्रयास गर्दै गर्दा ५ सेकेन्डको अन्तरालमा गाडी जमिननै भासिएर जमिनमुनि बेपत्ता भएको थियो। चालक र सहचालक भने हाम फालेर बाच्न सफल भएका थिए। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार